Comments Add Comment

दश फोटोमा हेर्नुहोस्, विश्वकै अग्लो ठाउँमा एभरेष्ट म्याराथन

साहसिक खेल पर्यटनको विकास गर्ने अपेक्षा

Sagarmatha-Marathun-8१७ जेठ, काठमाडौं । विश्वकै अग्लो ठाउँमा हुँदै आएको ‘एभरेष्ट म्याराथन’ यस वर्षपनि भव्य रुपमा सम्पन्न भएको छ । म्याराथनमा नेपाली र विदेशी गरी १७१ जनाको सहभागिता थियो ।

कार्यक्रम संयोजक शिखर पाण्डेका अनुसार म्याराथनमा नेपाली ३७ जना, भारतीय १४ जना र १२० जना तेस्रो मुलुकका नागरिक थिए । मुलुकमा साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यसहित हरेक वर्ष सगरमाथा दिवस पारेर तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन आयोजना गरिँदै आएको छ ।

सोलुखुम्बुको एभरेष्ट बेसक्याम्प (५,३६४ मिटर) बाट सुरु भएको म्याराथन नाम्चेबजार (३,४४६ मिटर) पुगेर सम्पन्न भएको थियो । यस वर्ष फुल म्याराथन ओपन, फुल म्याराथन फुल फरेनर, फुल म्याराथन ओपन फिमेल, एक्स्ट्रिम र हाफ म्याराथन गरी चार क्याटोगरी रहेका थिए ।

Sagarmatha-Marathun-6

फुल म्याराथन ओपनमा नेपाल आर्मीका बेद बहादुर सुनुवार प्रथम हुन सफल भएका छन् । उनले यो दुरी ४ घण्टा १० सेकेन्डमा पुरा गरेका थिए । अल्ट्र म्याराथन ओपनर्फ नेपाल आर्मीकै तिर्थ बहादुर तामाङ प्रथम भए । उनले ६ घण्टा ३६ मिनेट १३ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए ।

यसैगरी फुल म्याराथन ओपन फरेनरतर्फ पोल्याण्डका रोबर्ट केलिन्स्की प्रथम भएका छन् । उनले निर्धारित दुरी ४ घण्टा २४ मिनेट ८ सेकेण्डमा पुरा गरेका थिए । फुल म्याराथन ओपन फिमेलको उपाधी पुणिर्मा राईले चुमिन । उनले ५ घण्टा २४ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन ।

हाल्फ म्याराथन ओपनतर्फ नेदरल्याण्डका तेञ्जिङ डोल्माजले उपाधी जितेका छन् । उनले निर्धारित दुरी ३ घण्टा ३० मिनेट १३ सेकेण्डमा पुरा गरेका थिए ।

Sagarmatha-Marathun-3

म्याराथनमा युकेबाट २२, चीनबाट १९, इजरायलबाट २, पोलिसबाट ९, अमेरिकाबाट १७, न्यू जिल्याण्डबाट ५, जापानबाट ६, अर्जेन्टिनाबाट १, नेदरल्याण्डबाट ४, अष्ट्रियाबाट ३ जनाको सहभागिता थियो ।

यसैगरी, अष्ट्रेलियन १४, डेनमार्क २, फ्रान्स २, नेपाली ३७, चाइनिज, क्यानडा, चिली, मेक्सिको, रसिया, सिंगापुर, स्लोभियाबाट १/१ जना, इन्डियन १४ र जर्मनबाट ७ जना म्याराथनमा सहभागी भएका थिए ।Sagarmatha-Marathun-10 Sagarmatha-Marathun-9 Sagarmatha-Marathun-7 Sagarmatha-Marathun-4 Sagarmatha-Marathun-2Sagarmatha-Marathun-11 Sagarmatha-Marathun

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment