+
+
Shares

लागु औषधसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १२:२३

२८ वैशाख, काठमाडौं । लागु औषधसहित प्रहरीले झापा र मोरङबाट ६ जनालाई पक्राउ गरेको छ ।

झापाको गौरीगंज गाउँपालिका–२ बाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा २८ प ५३८४ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका–३ का २२ वर्षीय दिपेश बानिया र पछाडि सवार गौरादह नगरपालिका–५ का २२ बर्षीय अभिषेक राईलाई पक्राउ गरेको छ ।

उनीहरुबाट ब्राउन सुगर ८ सय ९० मिलिग्राम बरामद भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट उनीहरुमाथि अनुसन्धान सुरु गरिएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१६ बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको बेलबारी नगरपालिका–३ का २५ बर्षीय मिलन धिमाललाई ब्राउन सुगर २ ग्राम ९८ मिलिग्राम, सुनसरीको इटहरी उप(महानगरपालिका–१६ का ३६ वर्षीय सुजन विकलाई ब्राउन सुगर ७ ग्राम २३ मिलिग्रामसहित पक्राउ गरिएको छ ।

इटहरी–२० का ४० वर्षीय राजकुमार बस्नेत र २३ वर्षीय मदन बुढाथोकीलाई ब्राउन सुगर १ ग्राम ४६ मिलिग्राम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?