सिड्नी । बिश्वको जूनसुकै कुनामा गए पनि लोक गायक प्रेमराजा महत आफ्नो जन्मभूमी नेपालको पर्यटन क्षेत्रको बारेमा चर्चा र चिन्ता गर्न छाड्दैनन् । यतिबेला सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न अष्ट्रेलियाको सिड्नी आईपुगेका उनले सबै कुरा भएर पनि नेपालले पर्यटन क्षेत्रमा फड्को मार्न नसकेकोमा चिन्ता ब्यक्त गरे ।
यसबारेमा सिड्नीमा अष्ट्रेलियाको न्यू साउथ वेल्स (सिड्नी )का लागि नेपालको अबैतनिक महा बाणिज्यदूत दीपक खड्कासँग भेटेर लामै कुरा गरे पर्यटनको बारेमा । उनले – ‘हामीले बिदेशीको मुख ताकेर उनीहरूलाई नेपाल जाओ भनेर घांटी सुकाई रहनु पर्दैन । हामी बिदेशमा छौं र हामी बिदा मनाउन अरूको देश किन जाने ? हाम्रै देश जाउँन । हामीबाटै शुरू गरौ -‘ भेटमा उनले भने ।
लाखौको संख्यामा बिदेशमा रहेका हामीले हाम्रा सन्तान, नाता गोतालाई बिदा मनाउन अरूको देश जानु भन्दा नेपाल जान प्रेरित गर्याै भने पनि ठूलो उपलब्धि हुन्छ, उनले थपे । उनले बिना लगानी बिकास हुने पर्यटन क्षेत्रको महत्वबारे घरबाटै जानकारी दिन शुरू गर्नु पर्ने कुरा बताए ।
उनले अष्ट्रेलियाका महाबाणिज्यदूत खड्कासँग यहाँ रहेका नेपालीहरूलाई बिदा मनाउन वरीपरिको देश जानु भन्दा नेपाल नै जान आग्रह गर्ने खालका कार्यक्रम ल्याउन पनि सुझाव दिएका थिए । भेटमा खड्काले गायक तथा अमेरिकाका लागि नेपालको अबैतनिक महाबाणिज्यदूत समेत रहेका महतको सुझाबलाई अष्ट्रेलियामा रहेका नेपालीहरू माझ पुर्याउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4