+
+
Shares

अमेरिका पुगेका दीलिपलाई ‘चर्खा’ले नेपाल ल्यायो

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १८ गते ११:३८

dilip rayamazi in nepalनेपाली चलचित्रमा क्रेज हराउँदै गएपछि नेपालबाटै ग्रिनकार्ड एप्लाई गरेर अमेरिका पुगेका नायक हुन् दीलिप रायमाझी । दीलिप अमेरिका पुगेको केही महिना मात्र भयो । तर, उनी अहिले नेपालमा छन् ।

उनी चलचित्र ‘चर्खा’को छायांकनका लागि नेपाल आएका हुन् । हेटौडामा छायांकन भैरहेको चलचित्रमा अभिनय गर्न नेपाल आएका दीलिप फेरि अमेरिका फर्किनेछन् ।

यो चलचित्रमा दीलिपलाई गायिका जुनु रिजालले साथ दिएकी छिन् । गायिका रिजालले यहि चलचित्रबाट नायिका बन्ने बाटो खोलेकी छिन् । चलचित्रमा रजनी केसी, सुशान्त कार्की, सुरविना कार्की पनि छन् ।

नेपालबाट अहिले धेरै कलाकार अमेरिकालाई सपना बनाउँदै उडिरहेका छन् । श्रोतका अनुसार दर्जन बढी कलाकार ग्रिन कार्ड लिने चक्करमा छन् । कसैले नेपालबाटै यो कार्ड लिइरहेका छन् भने कसैले अमेरिका पुगेरै यसको तयारी गरिरहेका छन् । जसले गर्दा नेपाली कलाकारप्रति दर्शकको विश्वास पनि गुम्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?