Comments Add Comment

स्पेन युरोकपको प्रमुख दावेदार होः डेल वक्स

vincent-del-bosque

२० जेठ, काठमाडौं । आसन्न युरोकपको डिफेण्डिङ च्याम्पियन स्पेनका प्रशिक्षक भिन्सेन्ट डेलवस्कले आफ्नो टोली युरोकप २०१६ मा उपाधिको प्रमुख दावेदार रहेको दावी गरेका छन् । दक्षिण कोरियासँगको मैत्रिपूर्ण खेलमा ६-१ गोलअन्तरको शानदार जित निकालेपछि प्रशिक्षक बस्कको यो भनाई आएको हो ।

बुधबार राति दक्षिण कोरियालाई पराजित गर्ने क्रममा नोलिटो र अल्भारो मोराटाको २/२ तथा डेभिड सिल्भा र सेस फेब्रिगासको १/१ गोल गरेका थिए ।

डेल वक्सले यसअघिका लगातार दुई संस्करणको बिजेता हुनुको नाताले स्पेन फ्रान्समा हुने प्रतियोगिताको प्रमुख दावेदार हुने बताए । रियाल मड्रिडका पूर्व प्रशिक्षक बक्स भनेका छन् कि ‘हामी फ्रान्समा हुने प्रतियोगिताको प्रमुख दावेदार हौं किनभने हामीले चार बर्षअघि यही प्रतियोगिताको उपाधि जितेका थियौं ।’

‘यहाँ अरुपनि प्रतिद्धन्दीहरु त छन् तर हाम्रो लक्ष्य भनेको पुनः च्याम्पियन बन्नु हो’, उनले थपे ।

६५ बर्षीय बक्सले भनेका छन्, प्रतियोगिताका लागि हामीले निक्कै मेहनत गरेका छौं । स्पेनको टोलीमा पहिलेभन्दा धेरै सुधार आएको छ र टोली सही बाटोमा पनि छ । सन् २००८ र २०१२ मा युरोकप तथा २०१० मा विश्वकपको उपाधि दिलाएका डेल बक्सको प्रशिक्षणमा स्पेनले ब्राजिल विश्वकपमा भने बिर्सनलायक प्रदर्शन गर्दै समूहचरणबाटै बाहिरिएको थियो ।

स्पेनले प्रतियोगिताअघि जुन ७ मा जर्जियासँग मैत्रिपूर्ण खेल खेल्नेछ । प्रतियोगितामा स्पेन समूह ‘डी’ मा छ । स्पेनसँगै यस समूहमा क्रोएशिया, चेक रिपब्लिक र टर्की छन् । स्पेनले प्रतियोगिताको पहिलो खेल १३ जुनमा चेक रिपब्लिकसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment