Comments Add Comment

विप्लव माओवादीद्वारा पप्पु कन्स्ट्रक्सनको उपकरणमा आगजनी

चितवनमा चुनखानी कार्यालय पनि जलाइयो

JCB-aaglagi

२० जेठ, नेपालगन्ज । नेपालगन्जमा जमुनाह राँझा सडकखण्ड निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्क्सनले गुणस्तरहीन काम गरेको भन्दै विप्लव माओवादी निकट राष्टि्य युवा जनस्वयमसेवक भेरी ब्यूरोले बुधबार मध्यरातमा कम्पनीको निर्माण उपकरणमा आगजनी गरेको छ ।

नेपालगन्जको सुर्खेतरोडस्थित एनआईडिसी अगाडि रहेको कन्ट्क्सनको फिल्ड कार्यालय परिसरमा पार्किङ गरी राखेको जेसिभी एक्जाभेटरमाथि मध्यरातको १ बजे आगजनी गरिएको हो ।

सात आठजनाको एक समूहले रातिको समयमा कार्यालय परिषरमै राखिएका निर्माण उपकरणमा तोडफोड र आगजनी गरी राष्टि्य युवा जनस्वयमसेवक भेरी ब्यूरोको नामबाट प्रेस विज्ञप्ति छाडेर गएका थिए ।

त्यस पर्चामा पप्पु कन्स्ट्रक्सनमाथि आफ्नो समूहले किन कारबाही गरेको भन्नेबारे पाँच बुँदामा उल्लेख गरिएको छ । समयमा काम नगरेको, गुणस्तरहीन काम गरेको, गुणस्तरहीन कामलाई ढाकछोप गर्नको लागि राजनीतिक दललाई रात्रिभोज दिएको, सरकारी निकाय, दल, प्राविधिक, इन्जिनियर र गुण्डालाई सडक हस्तान्तरणको लागि पहल गरेको लगायत उल्लेख छ ।

कार्यालयको सुरक्षाको लागि खटिएका चौकिदार रामकृष्ण चौधरीले एक्कासी १ बजेतिर आगो लागेको मात्र देखेको बताए । ‘छतमा पल्टेको थिएँ आगो लागेको देख्ने वित्तिकै होहल्ला गरेंँ र छरछिमेकको सहयोगमा आगो निभाएका हौं’, उनले भने ।

पप्पु कन्स्ट्रक्सनका संञ्चालक हरी नारायण रौनियारले अनलाइनखबरसँगको फोनबार्तामा सडकमा भएका त्रुटी सच्याउने क्रम सुरु भएको अवस्थामा आफुहरुमाथि विभिन्न बाहानामा आक्रमण हुनु र प्राविधिक उपकरणमा तोडफोड गरीनु निन्दनीय भएको बताए ।

उनले सुरक्षा र विभिन्न खालको धम्कीका कारण आफुलाई कामगर्ने बतावरण नभएको उल्लेख गरे । जिल्ला प्रहरी बाँकेका डिएसपी भीमकिरण बोगटीले घटनामा संग्लग्नको खोजी जारी रहेको जानकारी दिए ।

नेकपा माओवादी विप्लव समूह बाँके सेक्रेटरी अशोकले गुणस्तरहीन काम गरेको र समयमा काम सम्पन्न गर्न गैरजिम्मेवार देखाएकोले पार्टी निकट राष्टि्य युवा जनस्वयमसेवक भेरी ब्यूरोले चेतावनी स्वरुप कारवाही गरेको भन्दै घटनाको जिम्मा लिएका छन् ।

यसअघि बुधबार दिउँसो विप्लव माओवादीले चितवनको शक्तिखोरस्थित कोलार चुनखानी कार्यालय र खानीमा प्रयोग गरिएको डोजर तोडफोड र आगजनी गरेको थियो ।

चेपाङवस्ती जोखिममा पारेर चुनढुंगा उत्खनन् गरिएकाले ‘कारबाही’ गरिएको विप्लव माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment