Comments Add Comment

साताभरमा ६ अर्बको सेयर कारोबार

Nepse२२ जेठ, काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यो साताको कारोबार कम १६.१६ प्रतिशतले कम हो ।

पहिलो दिनको तुलनामा नेप्से सूचक ४.१३ अंकले घटेर अन्तिम दिन १५१८.१२ अंकमा पुगेकोकाले सेयर कारोबार पनि घटेको हो ।

यो साता १ सय ४८ कम्पनीका ३ लाख ६६ हजार ९ सय कित्ता सेयर ५ अर्ब ९५ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको एक्सचेञ्जले जनाएको छ । गत साता १ सय ४७ कम्पनीका एक करोड ४६ लाख कित्ता ७ अर्ब १४ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.१७ अंकले घटेर ३२८.०० अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम (४१ करोड ८२ लाख रुपैयाँ) को आधारमा सानीमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१५ लाख ८९ हजार कित्ता) को आधारमानेसनल हाइड्रोपावर कम्पनी लि. अग्रस्थानमा रहेको छ । त्यसैगरीे कारोबार संख्या -२०५९ वटा) को आधारमा सिटिजन बैंक इन्टरनेसनलअग्रस्थानमा रहेको एक्सचेञ्जले जनाएको छ ।

साताभरमा नेप्सेमा करिब ९४ लाख कित्ता बोनस सेयर सूचिकृत भएका छन् । सनराइज बैंकको ५२ लाख ८९ हजार कित्ता र चिलिमे हाइड्रोकेा ४० लाख ८८ हजार कित्ता सेयर सूचिकृत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment