+
+

भेटेरिनरी एशोसियसन अध्यक्षमा श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते ७:३५

vetcon pic२३, जेठ, काठमाडौं । नेपाल भेटेरिनरी एशोसियसन अध्यक्षमा डा शितलकाजी श्रेष्ठ चयन भएका छन् ।

एक विश्व एक स्वास्थ्यका लागी भेटेरीनरीयन भन्ने मूल नाराका साथ काठमाडौंमा सम्पन्न भएको १२ औं राष्ट्रिय सम्मेलनले श्रेष्ठ नेतृत्वमा पदाधिकारी चयन गरेको हो ।

सम्मेलनले उपाध्यक्षमा निर्मल कुटवाल, महासचिवमा राजेन्द्र यादव, सचिवमा तपेन्द्रप्रसाद बोहोरा लगायतलाई चयन गरेको छ । २ वर्षे कार्यकालको लागि १६ पदाधिकारी चयन गरिएको छ ।

मुलुकभर रहेका पशु चिकित्सकहरुलाई एकताको सूत्रमा बाँधी, उनीहरुको मान मर्यादा, प्रतिष्ठा अभिबृद्धिको साथै पेशागत हकहितको संरक्षण गर्दै “भेटेरिनरी विज्ञान” र सो सँग सम्बन्धित विषयवस्तु, ज्ञान र शिपको बिकास, सम्वर्द्धन र समुचित उपयोग गर्न भन्दै २०२५ सालमा एशोसिएसन गठन भएको थियो ।

जेष्ठ १९ देखी २१ सम्म काठमाडौमा वाहौ राष्ट्रिय सम्मेलनमा देशभरका ४०० भन्दा वढी पशुचिकत्सिकहरुको सहभागीता रहेको थियो ।  ३७ वटा कार्यपत्रहरुमा छलफल भएको सम्मेलनल देशको पशुपालन व्यवसायको उत्पादन तथा उत्पादकत्व संरक्षण तथा वृद्धी गर्न सहयोग पुग्ने आयोजकको दाबी छ ।

यस सम्मेलनले अन्तिम दिनमा निम्नानुसारका पदाधिकारीहरुलाई आगामी २ वर्षकालागी कार्यकारणी समीतीको विभिन्न पदहरुमा निर्वाचित समेत गरेको छ । कार्यकारणी चयन गर्दा सचिव वाहेकको पदमा सवै र्निविरोध निर्वाचित भएका छन् । सम्मेलनले काठमाडौ धोषणपत्र जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?