+
+

हाँसेरै मनोरञ्जन लिने हो भने ‘हाउसफूल -३’

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते ११:५७

housefull3मुम्बई । लेखकको रुपमा चिनिएका साजिद-फरहादको जोडीले ‘इट्स इन्टरटेनमेन्ट’ को निर्देशन गरेका थिए । उनीहरुको निर्देशनले बक्स अफिसमा कमाल गर्न सकेन । तर, पनि यो जोडी निर्देशनको मोहवाट भने टाढिएन । यही जोडीले कुनै वेलाको चर्चित फिल्म हाउसफुलको सिक्वेल ‘हाउसफूल-३’ निर्देशन गरेको छ, जुन चलचित्र अहिले विभिन्न मुलुकका सिनेमा हलमा प्रदर्शन भईरहेको छ ।

यसमा प्रसिद्ध ब्यबसायी बटुक पटेल (बोमन इरानी) कथा छ । जसको तिन छोरी छन् । गंगा पटेल उर्फ ग्रेसी (ज्याकलिन फर्नाडिस्), जमुना उर्फ ज्यानी (लीजा हेडन), सरस्वती उर्फ सारा (नरगीस फखरी) ।

आफ्ना तीनै छोरी संस्कारयुक्त भएकोमा बटुक गौरवान्वित छन् र उनी आफ्ना छोरीहरुको लागि योग्य वरेको खोजीमा पनि छन् । उनी चाहन्छन् ज्वाईहरु पनि त्यस्तै संस्कारयुक्त होउन् ।

फिल्ममा फुटबल स्टार स्याण्डी (अक्षय कुमार), टेडी (रितेश देशमुख) र बन्टी अभिषेक बच्चन)को आगमन हुन्छ । पात्रैवाटै थाह हुन्छ हाउसफुलका अन्य श्रृङ्खला भन्दा फरक छैन यो फिल्म हो ।

बटुकको तीन थान छोरी बराबर अरु तिनथान छोराहरुको जम्मा पारेर निर्देशकले रिलमा पनि एउटी केटीलाई एउटा केटा भाग पुर्‍याइदिएका छन् । जुन आम हिन्दी फिल्मले अपनाएको शैलि हो ।

छोरीलाई मन परेको केटो बाबुलाई मन नपर्नु र आफुलाई केटीका बाबुले मन नपराएपछि विभिन्न फन्टुस हर्कत गर्ने कामलाई निरन्तरता दिएका छन् तिनै जना नायकहरुले ।

आम हिन्दी फिल्म जस्तै फर्मुलामा बनेको हो यो फिल्म । यसको निर्देशन पक्ष राम्रो छ । दर्शकलाई सानो कुराले हँसाउँछ, सानो कुराले रुवाउँछ । लोकेशन रमणीय छ भने विकास शिवरमनको सिनेम्याटोग्राफी निकै राम्रो छ ।

अभिनय

एक पटक फेरि अक्षय कुमारले कमेडीमा जमेर अभिनय गरेका छन् । एअरलिफ्ट एवं ब्रदर्श जस्ता सीरियस फिल्मपछि कमेडीमा प्रस्तुत भएका अक्षयले दर्शकलाई निकै मनोरञ्जन दिन्छन् ।

अभिषेक बच्चन र रितेश देशमुखले दर्शकलाई खुलेर हाँस्न सघाएका छन् । ज्याकलिन फर्नाडिस्, लीजा र नरगिस्को अभिनयमा खोट लगाउने ठाउँ छैन । बोमन इरानी, ज्याकी श्राफ, चंकी पाण्डे आफ्नो भुमिकामा न्याय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?