Comments Add Comment

सहमतिका नाममा लोकतन्त्रको उपहास नगरौंः कमल थापा

Kamal-Thapa

२४ जेठ, बिराटनगर । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमतिका नाममा तानाशाही चलाउन खोज्नु लोकतन्त्रको उपहास भएको बताएका छन् ।

बहुमत पाउनेले सरकार चलाउने र अल्पमतवाला दल प्रतिपक्षमा बस्नुपर्ने थापाको भनाइ छ ।

‘लोकतन्त्रको चरित्र भनेको वहुमत ल्याउने पार्टीलेे सत्ता सञ्चालन गर्ने हो, सरकारमा प्रतिपक्ष पनि हुन्छ’ सोमबार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले भने- ‘यहाँ त केही वर्षदेखि दलहरुवीच हुने सहमतिले प्रतिपक्ष नै नहुने अवस्था देखिँदैछ, यसलाई लोकतन्त्रको सुन्दर पक्ष मान्न सकिन्न ।

प्रमुख दलहरुवीच जुनसुकै अवस्थामा पनि सहमितका नाममा सत्ता सम्झौता हुने गरेको भन्दै थापाले यसलाई कुसंस्कारको संज्ञन दिएका छन् ।

सरकार सञ्चालन निश्चित विधि र प्रकृयावाट हुने भन्दै पछिल्लो समय हरेक कुरामा दलहरु वीच सहमति गर्ने कुस्ांस्कार विकास हुँदा यसले लोकतन्त्रको खिल्ली उडाएको थापाको भनाइ थियो ।

केही वर्षयता दलहरुवीच सहमतिका नाममा तानाशहको राज गर्न खोजिएको उनले बताए ।

विषेश परिस्थतिमा बाहेक अरुबेला बहुमतले सरकार चलाउने र अरु प्रतिपक्षमा रहनुपर्ने उनले बताए । अहिले सरकार परिर्वतनको कुरा उठाएर नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले सहमतिका नाममा सत्ता राज गर्न खोजेको उनले बताए ।

मन्त्री थापाको भनाइको आशय नेपाली कांग्रेस प्रतिपक्षमा रहनु लोकतन्त्रमा स्वाभाविक रहेको भन्ने देखिन्थ्यो । बहुमतको सरकार र अल्पमतको विपक्ष लोकतन्त्रको सुन्दरता भएको थापाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment