+
+

बाजुरामा वास्तविक गरिब छुटे, जागिरे, शिक्षक र अफिसरहरु परे

भोबिन्द्र शाह भोबिन्द्र शाह
२०७३ जेठ २४ गते १२:३१

Martadi-Bajura

२४ जेठ, बाजुरा । बाजुराबासीले सरकारले संकलन गरेको गरिबको तथ्यांक गलत भएको भन्दै आपत्ती जनाएका छन् । विक्रम संवत् २०७० साल वैशाख महिनामा संकलित तथ्यांकमा वास्तविक गरिब छुटेको र जागिरे, शिक्षक तथा अन्य अफिसरहरु गरिबको नामावलीमा समेटिएको भन्दै बाजुराबासीले आपत्ती जनाएका हुन् ।

स्थानीय विकास मन्त्रालय अन्तर्गतको एलजिसीडीपीका सामाजिक परिचालकहरुले जिल्लाको गरिब तथ्यांक संकलन गरेका थिए । तर, तथ्यांक संकलन गर्दा गाविस सचिवसँग समन्वय नगरिएकाले गलत तथ्यांक परेको गुदुखाती गाविसका गाविस सचिव हासे रोकायाले बताए ।

बाजुरा जिल्ला मानव विकास सूचकांकमा ७४ औं र गरिब जिल्लाको सूचीमा ७५ औं स्थानमा छ । एक नगरपालिका र २४ गाविस रहेको बाजुरा जिल्लाको कुल जनसंख्या एक लाख ३५ हजार छ । त्यसमध्ये  १२ हजार ५ सय ७५ घर परिवार गरिब भनी पहिचान भएको गरिब घरपरिवार सहयोग समन्वय बोर्ड सचिवालय काठमाडौंका निर्देशक अरुण गुप्ताले जानकारी दिए ।

गरिब घरधुरी पहिचान तथ्यांकमा बिछ्या गाविसको वडा नम्बर १ र कैलाशमाण्डौं गाविसको वडा नम्बर ६ तथ्यांकबाट छुटाएकोमा आपत्ती रहेको कैलाशमाण्डौ गाविसका गाविस सचिब खगेन्द्र साउदले बताए ।

तथ्यांकमा कसैको एउटै परिवारका दाइ, भाइ समेटिएका तर बास्तबिक दलित समुदायका गरिब ब्यक्ति छुटेकोमा तथ्यांक लिनेहरुको कमजोरी रहेको गोत्री गाविसकी बिनिता बिकले बताइन् ।

देशभरका २५ जिल्लामा लिइएको तथ्यांकमध्ये बाजुराको गरिबी सबैभन्दा उच्च ६१.१ प्रतिशत गरिबी रहेको गरिबी निवारण मन्त्रालय गरिब घरपरिवार सहयोग समन्वय सचिवालय बोर्डका नासु डम्मरध्वज अवस्थीले जानकारी दिएका छन् ।

हालसम्म लिएको २५ जिल्लाको तथ्यांकअनुसार कुल गरिब ३ लाख ५६ हजार, ४ सय १६ जना रहेको बताइएको छ । गरिब घरपरिवार पहिचान र परिचयपत्र ब्यवस्थापन तथा वितरण सम्बन्धि निर्देशिका २०७१, कार्यबिधि २०७१ र गुनासो सुनुवाइ प्रणाली मार्गदर्शन २०७२ बनेको भए पनि बाजुरा जिल्लाको बास्तविक गरिबहरुको विवरण नआउनाले बास्तविक गरिबहरु मर्कामा पर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?