Comments Add Comment

काठमाडौं र भक्तपुरमा दुई शव भेटिए

२४ जेठ, काठमाडौं । काठमाडौं र भक्तपुरमा सोमबार एकैदिन दुई जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

hatyaभक्तपुरको नगरकोट स्थित तबिया खोलामा ४० वर्षीय अमरचन्द्र ऋषिदेव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

नगरकोटस्थित लक्ष्मी इँटाभट्टामा काम गर्ने मोरङ अमर दहका ऋषिदेवको शव प्रहरीले पोष्ट मार्टमका लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

उनको मृत्युको कारण खुल्न सकेको छैन, प्रहरीले घटना स्थलको अनुसन्धानपछि थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै काठमाडौंको टंकेश्वर मन्दिर नजिकैको खाली जग्गामा पनि एक जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । साइला नामले चिनिएका व्यक्ति वास्तविक परिचय र ठेगाना खुल्न सकेको छैन ।

कालिमाटीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्कापछि शवलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment