Comments Add Comment

शिक्षा र पुनर्निर्माणमा सहयोग गर्न कतारका गोर्खालीद्वारा २८ लाखको अक्षयकोष स्थापना

Gorkha-Samaj-Qatar

दोहा । शिक्षाको अवसरबाट बञ्चित अनाथ असहाय बालबालिकाहरुको शैक्षिक कार्यमा सहयोग पुर्‍याउने र प्राकृतिक तथा दैवि प्रकोपबाट क्षतिग्रस्त सामाजिक भौतिक संरचनाको पुर्ननिर्माणमा सहयोग गर्ने उद्धेश्यका साथ पछिल्लो समयमा सक्रिय रहेको गोरखा सेवा समाज कतारले २८ लाख रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गर्ने भएको छ ।

‘तन, मन, वचन र कर्मले सेवा गरौ’ भन्ने मुल नाराका साथ सन् २००३ मा कतारमा स्थापना भएको यस संस्थाले आफ्नो नारालाई काम गरेर सावित गरेको हो । सानो योजनाका साथ अक्षयकोष सहयोग संकलनमा जुटेको संस्थाले जिल्लामा २८ लाखको अक्षयकोषको स्थापना गर्ने पक्कापकी गरेको छ । अहिलेसम्म २८ लाख संकलन भईसकेको छ भने अझै अक्षयकोषको रकम थपिने क्रम जारी छ ।

गत शुक्रबार सनैयाको एसियाना टाउनमा अक्षयकोषका लागी सहयोग गर्ने सहयोगीहरुलाई संस्थाले सम्मानसमेत गरेको छ । गोरखा सेवा समाज कतारका अध्यक्ष सुर्दशन भट्टको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको प्रमुख अतिथीमा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय सम्वन्य परिषदका उपाध्यक्ष कुमार पन्त रहेका थिए ।

गोरखा फुजेलका उनी आफ्नै जिल्ला संस्थाले आयोजना गरेको कार्यक्रममा जर्मनीबाट विहीबार कतार आएका हुन । कार्यक्रममा बोल्दै पन्तले विदेशमा बसेर संस्थाले आफ्नै जिल्ला गोरखाको लागि सहयोग जुटाएकोमा खुसी प्रकट गरे ।

उनले विदेशमा रोजगारमा आउने नेपालीहरुलाई अब आफ्नै देशका लागी काम गर्ने वातावरणको खोजी हुनु जरुरी रहेको बताए । उनले कार्यक्रममा ५ लाख सहयोगको घोषणा गरेका थिए । एनआरएनएको सन्र्दभका बोल्दै उनले संस्थागत रुपमा नेपाल सरकारलाई बैदेशिक रोजगारमा जाने कामदारहरुको विषयमा दवाव दिइरहेको बताए ।

प्रवासको ठाउँमा रहेर गोर्खाली युवाहरुको अथक प्रायसमा स्थापना गर्न लागीएको अक्षयकोषका सहयोगीहरुको सम्मान कार्यक्रममा गोरखा सेवा समाज नेपालका अध्यक्ष कैलाशबाबु श्रेष्ठको समेत उपस्थिती रहेको थियो । विशेष अतिथी श्रेष्ठले विदेशमा रहेर पनी स्वदेशी भुमीको सहयोगमा जुटिरहेका गोर्खालीहरुलाई धन्यवाद दिए ।

अक्षयकोष स्थापनाका लागि ५ हजार देखि १० हजार सम्म सहयोग गर्ने सहयोगीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै १० हजार एक देखि २५ हजारसम्म सहयोग गर्नेलाई सम्मानपत्र, २५ हजार एकदेखि ५० हजार सहयोग गर्नेलाई ताम्रापत्रद्धारा र ५० हजार एक देखि माथी सहयोग गर्ने सहयोगीहरुलाई ताम्रापत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमसँगै सांगीतिक प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो । किरण लामा, जगत चुनारो, अजय श्रेष्ठ र सिजा राईले नृत्य प्रस्तुत गरेका थिए । राज लामा र शेभा साहनीको युगल नृत्य र टौमाया गुरुङ्गले एकल नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment