Comments Add Comment

जिल्लाबासीसँग सांसद झाको गुनासोः घरकी मुर्गी दाल बराबर झैं भएँ

२४ जेठ, सप्तरी । एमालेबाट समानुपातिक सांसद भएकी रञ्जु ठाकुर अहिले संसद अन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिकी संयोजक छिन् ।

Ranju-Kumari-Thakurउनको घर र माइती दुबै सप्तरीमै पर्छ यद्यपि उनी जिल्लाबासीसँग असन्तुष्ट छिन् । उनकै भनाइमा उनी घरकी मुर्गी दाल बराबर भएकी छिन् ।

आफ्नो घरको मान्छेलाई जसरी आफ्नैले गन्दैनन्, त्यसरी नै आफूलाई जिल्लाबासीले गरेको उनको आरोप छ । आफ्नै गृह जिल्लाको सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रममा प्रमुख अतिथि बनेकी सांसद्य ठाकुरले भनिन्, ७४ जिल्लाका सरोकार राख्ने व्यक्तिहरुले भेट गर्छन् । राम्रो काम गरेपछि धन्यवाद दिन्छन् । काम गर्नुपर्ने बेलामा सुझाव समेत दिन्छन् । तर, आफ्नै जिल्लाका व्यक्तिले न धन्यवाद नै दिन्छन् न सुझाव नै ।’

‘म सप्तरीकै छोरी पनि हुँ, बुहारी पनि हुँ उनले अघि भनिन्, ‘तर धन्यवाद र बधाइ नदिएपनि जिल्लाका लागि फाइदा लिने समेत कोहि देखिएका छैनन् ।’

जिल्लाका बासिन्दा, सरोकारबाला, अधिकारकर्मीले पनि कुनै चासो नलिएको र पार्टीका नेताले समेत कुनै सुझाव समेत नदिएको उनको गुनासो छ । मेचीदेखि महाकालीसम्मका प्रत्येक जिल्लाका बालबालिका, शिक्षा, ज्येष्ठ नागरिकसँग सरोकार राख्ने व्यक्तिहरु भेटेर बिभिन्न किसिमको सुझाव दिएको बताउँदै उनले आफ्नै गृह जिल्लाबाट कुनै किसिमको सुझाव नपाउनु दुःखद भएको बताइन् ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले शिक्षाको काँचुली फेर्ने भन्दै उनले यो संशोधनका निम्ति आफूले व्याप्क काम गरेको बताइन् । यस्तो काम गरेपछि प्रायः सबै जिल्लाबाट बधाई आएको छ । तर सप्तरीका कुनै पनि क्षेत्रका व्यक्तिले कुनै किसिमको कुरा समेत गरेको छैन, उनले गुनासो गर्दै भनिन् ।

२०६५ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट एमालेको उम्मेदवार भई पराजित भएकी उनले भनिन्, मलाई भोट दिनुस् भनेर भन्दिनँ । त,र राम्रो काम गरेपछि कम्तीमा प्रोत्साहित त गरिदिनुपर्यो नि ।’

सप्तरीका व्यक्तिहरु जागिर लगाइदिन वा सरुवा गराइदिन मात्र आउन गरेको भन्दै उनले यो आफूले गर्न नसक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment