+
+

अम्बर गुरुङको शव ११ वजेदेखि ३ बजेसम्म प्रज्ञा भवनमा राखिने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते १०:४०

Amber Gurung२५ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थीव शरिरलाई श्रद्धान्जलीका लागि प्रज्ञाभवन कमलादीमा राखिने भएको छ । शवलाई ११ वजेबाट ३ बजेसम्म प्रज्ञामा राखिएपछि आजै पशुपतिमा अन्तिम संस्कार गरिने छ ।

ग्रान्डी अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

गुरुङको ७९ वर्षको उमेरमा आज विहान २ बजेर ३७ मिनेटमा ग्रान्डी अस्पतालमा निधन भएको थियो । गुरुङ ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल  भर्ना गरिएको थियो ।

उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव, युजीआइ ब्लिडिङ, पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?