+
+

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी पक्राउ

२८६ थान मनिटर बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १६:१४

६  जेठ, काठमाडौं । नक्कली लेवलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाल छन् । काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको घर भाडामा लिएरमा डेल कम्प्युटरको लोगो सादा कम्प्युटरमा लेवलिङ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

डेलको नक्कली लोगो राखेर उमेश मुडवरीलाई बेच्न लागेको समेत पाइएको प्रहरीले जनाएको छ । डेल कम्पनीको लोगो सहितको मनिटर १० कार्टुन (५० थान), लोगो बिनाको ३७ कार्टुन (१८५ थान) गरी २३५ थान बरामद गरिएको छ ।

उमेश मुडवरीबाट कम्पनीको लोगो सहितको मनिटर ६ थान समेत बरामद भएको छ । जम्मा २८६ थान मनिटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?