+
+
Shares

तीनवटै दल एक ठाउँमा उभिनुको विकल्प छैनः गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २६ गते ७:५८

gagan thapa२६ जेठ, मुगु  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न तीन दल एक ठाँउमा उभिनुको विकल्प नभएको बताएका छन्।

नेपाल तरूणा दल जिल्ला कार्यसमिति मुगुको चाैंथाे जिल्ला अधिवेशन उद्घाटन गर्दै थापाले संविधानमा स्थानीय, संसदीय तथा राष्ट्रिय गरी तीनवटै निर्वाचन पूरा गर्न डेढ वर्षको समय सीमा भएको उल्लेख गर्दै निर्धारित समय सीमाभित्र तीनवटै निवार्चन हुन नसके देश गम्भीर अवस्थामा फस्ने  बताए ।

मधेसी दलका जायज माग पूरा गरी उनीहरुलाई पनि विकासको मूलधारमा ल्याउनुपर्ने बताउँदै केन्द्रीय सदस्य थापाले प्राकृतिक साधन, स्रोतले समृद्घ राराको पर्यटन विकासमा दीर्घकालीन गुरुयोजना आवश्यक भएकाले त्यसतर्फ आफू लागिपर्ने  बताए ।
उनले लामो समय देखि राज्यले कर्णालीलार्इ हेर्ने दृष्टिकोणका कारण यस क्षेत्र पछि परेको भन्दै त्यसतर्फ राज्य गम्भिर बन्नुपर्ने बताए । उनले कर्णाली संवृद्ध रहेकाे भन्दै यसबाट राज्यले फाइदा लिन नजानेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?