Comments Add Comment

बिहेपछि कपाल काटिन् विपाशाले

bipasha168
मुम्बई ।अभिनेता करण सिंह ग्रोवरसंग विवाह गरेर घर गृहस्थीमा रमाउँदै गरेकी विपाशा बसुले कपाल छोट्याएकी छिन् । यस अघि कंगना रनौत र प्रियंका चोपडाले पनि कपाल छोट्याएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

विपाशाले इष्टाग्राममा तस्वीर पोष्ट गर्दै लेखेकी छिन् ‘मलाई छोटो कपाल मन पर्छ तर, जब मैले कपाल काटेँ, मलाई लामो कपालको याद आइरहेको छ ।’

कुनै समय बलिउडकी बोल्ड नायिका विपाशा पछिल्लो समय फुर्सदमा छिन् । चलचित्र ‘अलोन’ मा काम गर्दा उनको करण सिंहसंग भेट भएको थियो भने त्यही भेट प्रेम हुँदै विवाहमा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment