Comments Add Comment

ग्यालेक्सीकप पौडीमा शिरिसको नयाँ कीर्तिमान

२६ जेठ, काठमाडौं । त्रिभुवन आर्मी क्लवका स्टार पौडी खेलाडी शिरिस गुरुङले काठमाडौंमा जारी ग्यालेक्सीकप खुल्ला पौडी प्रतियोगितामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।

Sirish-gurung
फाइल फोटो

प्रतियोगतिा अन्तर्गत बुधबार भएको २०० मिटर ब्याकस्ट्रोकमा शिरिसले २ मिनेट ३४.१७ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि यस स्पर्धामा २ मिनेट ३९.०६ सेकेण्डको कीर्तिमान उनैले बनाएका थिए ।

ग्यालेक्सी कपको सात स्पर्धामा सहभागिता जनाएका शिरिसले पाँच स्वर्ण जितिसकेका छन् । उनले आजै बिहान सम्पन्न २०० मिटर इण्डिभिज्युअल मिड्लेमा पनि स्वर्ण जितेका हुन् ।

यसअघि हिजो सम्पनन ३ स्पर्धामा उनले स्वर्ण जितेका थिए । उनले हिजो १०० र ५० मिटर बटरˆलाई तथा २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment