+
+

डोजर पल्टिँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २६ गते १३:४१
फाइल फोटो
फाइल फोटो

२६ जेठ, लमजुङ। पूर्वी लमजुङको गौंँडा–५ बूढीकोटमा डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

गौँंडा–दूधपोखरी सडकखण्ड निर्माणको क्रममा बिहान १० बजे डोजर पल्टिँदा चालक इलाम जिल्ला ट्याङ–५ का ३४ वर्षीय सर्वेन्द्र थेवेको मृत्यु भएको हो ।

दुर्घटनामा डोजरका सहचालक सकुन लिम्बु थेवे घाइते भएका छन् । उनलाई उपचारका लागि बेंसीसहर ल्याइँदै गरिएको लमजुङका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए ।

सडक निर्माणको क्रममा डोजर सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?