नायक राजेश हमालले यसपटकको आफ्नो जन्मदिन विशेष तरिकाले मनाएका छन् । हमालको जन्मदिनको अवसर पारेर दक्षिण एसियालीस्तरको ‘क्विज मेनिया’को पाँचौ संकरण पनि सुरु गरिएको छ । कान्तिपुर टेलिजिभनमा हरेक बिहिबार बेलुकी ९ बजे प्रशारण हुँदै आएको यो हाजिरीजवाफ प्रतियोगीता अब दक्षिण एसियास्तरमा परिणत भएको हो ।
यसपटकको प्रतिस्पर्धामा नेपालका साथै भारत, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिम्स, अफगानिस्तान, बंगलादेशका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्दैछन् । हमालको जन्मदिनको अवसर पारेर चितवनस्थित चितवन मानव सेवा आश्रममा बस्दै आएका ४ दर्जन बृद्धाबृद्धालाई भोजन गराइएको हो । सडकमा अलपत्र पारी छोडिएका असाहय बृद्धाबृद्धालाई यो मानव सेवाले आश्रय दिदै आएको छ ।
‘ह्याप्पी बर्थ डे राजेश दाई’ लेखिएको केट काट्दै हमालले जन्मोत्सव मनाएका हुन् । उनले आफ्नो हातले वृद्धावृद्धहरुलाई खाना वितरण गरेका थिए । उनले यसरि जन्मदिन मनाउन पाउनु आफ्नो अहोभाग्य भएको बताए । हमालले यसअघिका जन्मदिन पनि कुनै तडकभडक नगरि असाहयक बालबालिका, वृद्धावृद्धसँग मनाउँदै आएका थिए ।
नेपाली चलचित्र क्षेत्रमा ‘ यूगदेखि यूगसम्म’बाट प्रवेश गरेका नायक राजेश हमाल अहिले पनि उस्तै व्यस्त छन् । तर, अहिले हमालको व्यस्तता चलचित्रमा भन्दापनि विदेश यात्रा, विज्ञापनमा बढी देखिएको छ ।