Comments Add Comment

बुटवलमा रोकिराखेका तीन बसमा रहस्यमय आगजनी

Bus-Fire1

२६ जेठ, बुटवल । बुटवलमा रोकिराखेका तीनवटा बसमा आगजनी भएको छ । बुटवलको गोलपार्कमा पार्किङमा रहेका लु १ ख ६९२६, लु १ ख ३९९६ र लु १ ख ६८७९ नम्बरका बसमा आगजनी भएको हो ।

तर आगो कस्ले र किन लगायो भन्ने कसैलाइ पत्तो छैन । आगजनीबाट २ वटा बस ध्वस्त भएका छन् भने अर्काे बसमा आंशिक क्षति पुगेको छ । गए मध्यरातमा ती बसमा आगजनी भएको प्रहरीले जनाएको छ ।

Bus-Fire

पश्चिम नेपाल बस ब्यबसायी समितिका बसमा आगोलागी भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले आगो कसरी र कस्ले लगायो भन्ने बारेमा अनुसन्धान भैरहेपनि कुनै उपलब्धि भने नभएको प्रतिक्रिया दिए ।

गोपाल पाण्डेेको लु १ ख ३९९६, मिनबहादुर टमाटाको लु १ ख ६९२६ र इन्द्र बहादुर सारुको लु १ ख ६८७९ बसमा आगो लागेको हो ।

आगो संकास्पद ढंगबाट लगाइएको छ । गोलपार्कबाट सिद्धबाबा जाने बाटोमा क्रमश रोकेका ती गाडिहरु जलेपछि सबै अचम्मित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment