Comments Add Comment

मारिया सारापोभामाथि दुई वर्षे प्रतिवन्ध

Maria Sharapova
२७ जेठ, काठमाडौं । प्रतिवन्धित औषधि सेवन गरेको पाइएपछि रसियन टेनिस सुन्दरी मारिया सारापोभामाथि २ वर्षको प्रतिवन्ध लागेको छ ।

अन्तराष्ट्रिय टेनिस महासंघले सारापोभामाथि यो प्रतिवन्धको घोषणा गरेको हो । एन्टी डोपिङ टेष्टका क्रममा पोजेटिभ पाइएपछि गत मार्चबाटै उनले खेल्न पाएकी छैनन् ।

२९ वर्षीया सारापोभाले भने मुटु रोग सम्वन्धि उक्त औषधि आफूले २००६ देखि नै खाने गरेको बताएकी छन् ।

उनको प्रतिवन्ध २०१६ जनवरी १ देखि लागू हुनेछ । पाँच पटकका ग्राण्डस्लाम विजेता सारापोभाले प्रतिवन्ध स्वीकार्य नभएको बताएकी छन् । र, यसविरुद्ध अपील गर्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment