+
+

बारामा कार र मोटरसाइकल ठोक्किँदा २ प्रहरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते १३:२४

Car-and-Motercycle-Accident

२८ जेठ, सिमरा । बाराको महागढीमाई नगरपालिकामा शुक्रबार कार र मोटरसाइकल ठोक्किँदा दुईजना प्रहरीको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका-१६ मा को १ च ५५६६ नम्बरको कार र ना २ प ९६५७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा बनौली-८ महोत्तरीका २८ वर्षीय पवनकिशोर मिश्र र बोच-८ दोलखाका ३३ वर्षीय कुमार तामाङको मृत्यु भएको घटनास्थलमा रहेका इन्सपेक्टर पुरुषोत्तम खड्काले जानकारी दिए ।

मृतक दुबै प्रहरी जवान हुन् । उनीहरु पर्सामा कार्यरत थिए । दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?