Comments Add Comment

अमेरिकाबाट नेपाल दमकल तथा एम्बुलेन्स पठाइने

usa_ambulanceअमेरिका । वाशिंगटन डिसी ,नेसनल डेवलपमेन्ट इन्सटिट्युट (आईडिआई) को पहलमा भर्जिनियामा फेयरफ्याक्स अग्नि नियन्त्रण तथा उद्धार समुह संग गत जुन ९ तारिख नेपालमा आयोजना हुने एक्सप्लोर हिमालयज कार्यक्रम सम्पन्न भएको छ

कार्यक्रमको मुख्य उदेस्य भनेको युद्धमा घाईते तथा अपांग भएका पन्ध्र वटा नायक योद्धा सैनिकहरुलाई नेपालको पैदल यात्रामा लैजानु रहेको छ । यस कार्यक्रमले अपांग बारेमा जनचेतना जगाउनुको साथै सामाजिक उत्तरदायित्व बारे केन्द्रित रहनु पनि रहेको आयोजकले बताएका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा एक्सप्लोर हिमालयजले अग्नि नियन्त्रक को बारेमा प्रकाश परेको थियो भने कसरी जोखिम घटाउने तथा उद्धार गर्न सकिन्छ भन्ने बारेमा जानकारी गरायो ।

अन्तरराष्ट्रिय विकास संस्था (आईडिआई)का संस्थापक सुमन तिम्सिनाले कार्यक्रम बारे बिस्तृत जानकारी गराए भने कार्यक्रममा सोरवे फाउनडेसन,अप्रेसन नमस्ते तथा फोर सिजन ट्रावल्सले पनि यात्रा आदि ईत्यादी बारेमा जानकारी दिएको थियो ।

उक्त कार्यक्रममा नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट एच डेलिसीले घाइते योद्धा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेपालको लागि हाल सम्म १० वटा दमकल तथा २ वटा एम्बुलेन्स संकलन गरि सकिएको जानकारी दिइएको छ ।  र उक्त दमकल तथा बिरामी बाहक यान (एम्बुलेन्स) डिसेम्बर २०१६ सम्म नेपाललाई हस्तान्तरण गरिने भएको छ  ।

उनले आफ्नो भनाई राख्दै विभिन्न संघ तथा संस्थाको सहयोगबाट सम्भव भएकोले काठमाडौँमा विश्व स्तरीय उच्च अग्नि नियन्त्रक तथा उद्धार केन्द्र बनाउने योजना रहेको बताए l सुमन तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए भने उनले फेयर फ्याक्स अग्नि नियन्त्रण तथा उद्धार समुह संग काधमा काँध मिलाएर काम गर्न चाहेको बताए ।

कार्यक्रममा ३ वटा संक्षिप्त वृतचित्र प्रदर्शन गरिएको थियो भने उक्त कार्यक्रममा आईडिआई का परशु नेपाल ,संचारकर्मी राम चन्द्र खरेल ,राजिव लामिछाने ,देशराज संयोक लगायत २५ जना अग्नि नियन्त्रकको उपस्थिति रहेको थियो ।

आईडिआई ले जून महिना भित्र वाशिंगटन डिसी ,शिकागो, इन्डीयना ,ओहायो ,बोस्टन तथा न्युयोर्कमा सूचनात्मक कार्यक्रम तय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment