Comments Add Comment

नयाँ शक्ति घोषणामा ओली र प्रचण्डलाई निम्तो

बाबुराम भन्छन्- प्रचण्डजी आउने अपेक्षा गरेको छु

२९ जेठ, काठमाडौं । दशरथ रंगशालामा आइतबार आयोजना गरिने नयाँ शक्ति नेपाल पार्टी घोषणा सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत निम्तो गरिएको नेता डा. बाबुराम भट्टराईले बताएका छन् ।

Prachand-and-Kp-oliआइतबारको कार्यक्रमबारे जानकारी दिँदै डा. भट्टराईले पत्रकारहरुसँग भने, ‘प्रधानमन्त्री केपी ओलीसहित सबै दलका प्रमुख नेताहरुलाई निम्तो गरिएको छ, प्रचण्डजीसँग पनि मेरो कुरा भएको छ, उहाँलाई समेत उपस्थितिका लागि आग्रह गरेको छु ।’

गत असोजमा संविधान बनेलगत्तै माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माणमा जुटेका डा. भट्टराईले गैरमाओवादीलाई समेत मिलाएर रंगशालाबाट नयाँशक्ति घोषणा गर्न लागेका हुन् ।

पार्टी छाडेर गएका भट्टराईले आयोजना गर्ने नयाँ पार्टी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरु जालान् या नजालान् भन्ने संशय छ । स्रोतका अनुसार माओवादी केन्द्रले रंगशालामा कृष्णबहादुर महरालाई पठाउने तयारी गरेको छ ।

तर, यसबारे नयाँ शक्तिका संयोजक डा. भट्टराईले भने, ‘सबै दलका प्रमुख नेताहरुलाई निम्त्याइएको ठाउँमा प्रचण्डजीलाई नै उपस्थित गराउने मेरो प्रयत्न हुनेछ ।

नयाँ शक्ति घोषणा कार्यक्रमलाई शुभकामना दिन भारतबाट पनि विभिन्न दलका नेताहरु काठमाडौं आउने क्रम सुरु भएको छ । त्यस्तै चिनियाँ प्रतिनिधिले पनि शुभकामना दिने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment