Comments Add Comment

महासंघको टोली चीन प्रस्थान, कुनमिङ बैठकमा सहभागी हुने

२९ जेठ, काठमाडौं । आइतबारदेखि सुरु हुने ११ औं चीन-दक्षिण एशिया व्यावसायिक फोरम बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघको टोली ची हिँडेको छ । चीनको युनान प्रान्तको कुनमिङमा हुने बैठकमा महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा नेतृत्वको टोलीले सहभागिता जनाउनेछ ।

महासंघले कुनमिङ बैठकमा नियमित रुपमा सहभागिता जनाउँदै आएको छ । टोलीमा महासंघका व्यापार मेला समितिका सभापति केशवराज पाण्डे, सहसभापति मनिषलाल प्रधान, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठ, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष भीमबहादुर थापा क्षेत्री, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, निवर्तमान अध्यक्ष हेमरत्न शाक्य, उपाध्यक्ष सुरेन्द्र भाई शाक्य, धादिङ उद्योग वाणिज्य संघका रमेशभाई अधिकारी, भक्तपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजु मृगेन्द्र जोशी, महासंघका मेला समितिका सदस्य हरिबहादुर कार्की सहभागी छन् ।

यसैगरी धादिङ उद्योग वाणिज्य संघका कार्य समिति सदस्यहरु भीमसेन श्रेष्ठ, ईश्वर धरेल, गौतम सुवेदी, ललितपुर उवासंघका कार्य समिति सदस्य भूमीनन्दन कर्माचार्य, व्यवसायी सान्त्वना प्रधान, महासंघका सहायक निर्देशकद्वय विष्णुराज ढकाल र अरुणकुमार श्रेष्ठ, व्यवसायीहरु राजेन्द्र वज्राचार्य, अरुणमान जोशी, भुषणनाथ शर्मा, सुनिल शाक्य, सुरेश चिपालु पनि टोलीमा छन् ।

बैठक अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीनियाँ परिषदको आयोजनामा हुन लागेको हो । बैठकमा सिल्करोडको निर्माणमा मुख्य छलफल हुनेछ । चीन तथा दक्षिण एसियाबीच उद्योग, सेवा क्षेत्रका साथै उच्च शिक्षामा सहकार्य लगायतमा समेत छलफल हुने महासंघले जनाएको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष राणाले चीन-नेपाल बीचको आर्थिक व्यापारिक, प्रविधि आदान प्रदान तथा लगानीको सम्भाव्यताबारे बोल्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment