+
+

टावरमाथिको आक्रमणले नागरिकको सञ्चार अधिकार कुण्ठितः एनसेल

सञ्चार मन्त्रालयले गर्‍यो निन्दा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते १०:२९

axiata-and-ncell
३० जेठ, काठमाडौं । एनसेलले कम्पनीको १० वटा बेस स्टेसनमा शनिबार बिहान आगो लगाएर दूरसञ्चार पुर्वाधारमा भौतिक क्षति पुर्‍याएको घटनाले आफू स्तब्ध र दुःखी भएको जनाएको छ ।

सल्यान, दाङ, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खा जिल्लामा रहेका एनसेल टावरमा विप्लब नेतृत्वको नेकपा मओवादीले आक्रमण गरेको थियो । क्षति पुर्‍याइएका संरचनाले ति जिल्लाका ग्रामिण क्षेत्रमा नागरिकलाई आधारभूत तथा आकस्मिक सञ्चार सेवा प्रदान गरिरहेका थिए ।

आक्रमणले ग्राकीण क्षेत्रका करिब २ लाख ५० हजार ग्राहकलाई प्रत्यक्ष रुपमा र अन्य ठाउँबाट त्यहाँ रहेका आफन्तसँग सम्पर्क गर्ने थुप्रै व्यक्तिहरुलाई संचारविहिन बनाएको छ । यसले नागरिकको संचारमा पहुँच तथा प्रयोगको आधारभूत अधिकार कुण्ठित हुन पुगेको एनसेलको भनाइ छ ।

“संचारजस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध हो । एनसेलसम्बद्ध सबैलाई यस्तो कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने ।

अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमालिएको संचार सेवाको निर्वाध संचालनकालागि सहयोग गर्न सम्बन्धित सबै निकायमा एनसेलले अनुरोध गरेको छ ।

“हामी क्षतिको विवरण प्राप्त गर्ने क्रममा रहेका छौं, त्यसैले के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन,” भट्टचनले भने ।

अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकहरुमा पर्न गएको असुविधाप्रति एनसेलले क्षमा मागेको छ । यथासक्य छिटो नेटवर्क पुनस्र्थ्ापना गरी सेवा सुचारु गर्न कम्पनी प्रयत्नशिल रहेको जनाउँदै एनसेलले ग्राहकमा धैर्य तथा सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ ।

“हामी आफ्ना १ करोड ४० लाखभन्दा बढी ग्राहकहरुलाई प्रभावपार्न सक्ने यस्ता दुर्घटना प्रति चनाखो रहन सबैलाई अनुरोध गर्दछौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

यसैबीच आक्रमणप्रति सूचना तथा सञ्चारप्रविधि मनत्रालयले पनि ध्यानाकर्षण भएको जनाएको छ । यस्ता किसिमको अवान्छित क्रियाकलाप जोसुकैले जुनसुकै आवरणवाट गरेको भएपनि निन्दनीय भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?