Comments Add Comment

फेसनमा नायिकालाई नै टक्कर दिने रेनशा, भन्छिन्-‘मेरो पहिरनमा धेरैको ध्यान हुन्छ’

Renasha Rai (1)
चलचित्रको प्रिमियर होस् या अन्य विभिन्न कार्यक्रम । कोरियोग्राफर रेनशा राइको पहिरन र स्टाइलमाथि धेरैको आँखा लाग्छ । रेनशा चलचित्रको पर्दामा त देखिन्नन् । तर, नायिकालाई राम्री बनाउन पहिरनदेखि हरेक कुरामा उनी सजग छिन् । चलचित्रको गीत हिजोआज आकर्षक बन्नुको पछाडि यी कोरियोग्राफरको पनि ठूलो हात छ । भलै यिनले खिचेका गीतमा निर्माताको गोजीबाट राम्रै रकम खर्च हुन्छ ।

फिट समेत रहने रेनशाले दैनिक २० मिनेट व्यायम गर्ने बताइन् । जतिसुकै व्यस्त भएपनि आफूले २० मिनेट व्यायम नछोड्ने उनको भनाई छ । दिउँसो मात्र धेरै खाना खाने रेनशाले बेलुकी सामान्य खानेकुरा मात्र खाने बताइन् । पार्टीमा गएपनि बेलुकी ८ बजेपछि केही नखाने उनको भनाई छ । Renasha Rai (2)
पहिरनका बिषयमा पनि यी सुन्दरी सजग छिन् । उनले भनिन्-‘हामी मिडियाको नजरमा पर्ने भएकाले पहिरनदेखि मेकअपमा त सजग हुनैपर्छ ।’ उनले लगाउने पहिरन विभिन्न वुटिकमा तयार भएका हुन्छन् । साथै, फेसनका बिषयमा इन्टरनेटमा पनि सर्च गरेर खोज्ने गरेको रेनशा बताउँछिन् ।

एक महिनामा पहिरनमा मात्र कति खर्च हुन्छ भन्ने प्रश्नमा रेनशाले भनिन्-‘पहिरन, मेकअप, स्यान्डल, ब्यागदेखि हरेक कुरामा ध्यान दिनुपर्छ । एउटा कार्यक्रममा प्रयोग गरेको पहिरन अर्कोमा यूज गर्न गाह्रो हुन्छ । यसैले ४०-५० हजार त सकिन्छ ।’ उनले एउटा कार्यक्रममा जानका लागि मेकअप गर्दा नै ३-४ हजार सकिने बताइन् ।
Renasha Rai (3)
उनलाई लाग्छ, हरेक कार्यक्रममा उनी पुग्दा नायिकाले पनि उनको बिषयमा सोच्ने गर्छन् । उनले दाबी गर्दै भनिन्-‘आज रेनशाले के पहिरन लगाएर आउँछ भनेर नायिकाहरुको बिचमा पनि कुराकानी हुन्छ । म आफै कमजोर बने भने नायिकाहरुलाई पर्दामा कसरि पहिरन र फेसनप्रति उत्प्रेरणा जगाउन सक्छु  ? यसैले फेसनको बिषयमा सजगता मैले पनि अपनाउन जरुरी छ ।’

रेनशाले कोरियोग्राफी गरेका गीतहरु महंगा हुन्छन् । यसैले सुरु-सुरुमा उनलाई लिएर चलचित्रको गीत बनाउन निर्माता डराउथ्य । तर, अहिले निर्माताहरु कन्भिन्स हुन थालेको उनले सुनाइन् । ‘एउटै हलमा दर्शकले बलिउड, हलिउड र हाम्रो चलचित्र हेर्नुपर्छ । यसैले क्वालिटीमा ध्यान नदिएको खण्डमा अर्थ नै हुँदैन ।’ रेनशाले भनिन् । Renasha Rai (4)
उनले आजसम्म कोरियोग्राफी गरेको मध्ये ‘प्रेमगीत’मा धेरै रकम लागेको छ । ‘प्रेमगीत’को स्विमिङ पूलमा खिचिएको गीतका लागि मात्र उनले २० लाख खर्च भएको बताइन् । ‘म यस्तो गीत गाउँछु’ गीतका लागि १०-१५ लाख लागेको उनको भनाई छ ।’Renasha Rai (5)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment