+
+

क्रोएसियाका कप्तानलाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३१ गते १२:३०

darijo-srna

क्रोएसियाका कप्तान डारियो सर्नाले युरो कप २०१६ को आफ्नो पहिलो खेलमा टर्कीलाई हराएको खुसीयाली धेरै बेर मनाउन पाएनन् ।

उनका बुबा उजेइरको निधन भएको छ । र, ३४ वर्षका कप्तान युरो कप २०१६ छाडेर बाबुको अन्त्येष्टिमा सहभागी हुन गएका छन् ।

क्रोएसियन फुटबल एशोसिएसनले मृतकप्रद्धि श्रद्धान्जली अर्पण गरेको छ भने कप्तान र उनको परिवारप्रति सहानुभूति प्रकट गरेको छ ।

शाख्तर डोनेस्कका स्टार डारियो सर्ना, बुबाको अन्त्येष्टि सकिएपछि फ्रान्स र्फकने नर्फकने केही निश्चित छैन । सार्ना आफ्नो करियरको अन्तयतिर छन् र, यदि यो समरमा टिममा परेनन् भने फुटबलबाट विदा लिन सक्छन् ।

क्रोएसियाले अब शुक्रबार चेक गणतन्त्रसँग खेल्नेछ भने समूह डीको अन्तिम खेल साविकको विजेता स्पेनसँग जुन २१ मा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?