Comments Add Comment

ग्रोमोर मर्चेन्ट बैंकरले २० प्रतिशत नगद लाभांश दिने

Gromor-Marchent-Bankar-Ltd.
३१ जेठ, काठमाडौं । ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सातौं वाषिर्क साधारणसभाले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता थियो ।

विगत ६ वर्षदेखि संचालनमा रहेको यस कम्पनीले ग्राहकहरु समक्ष आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दाबी गरेको छ । सभाले विद्यमान संचालक समितिलाई निरन्तरता दिने प्रस्ताव अनुमोदन गरेको छ ।

साथै, ग्रोमोर मर्चेन्ट बैंकरको नाम परिवर्तन गरि प्रभु क्यापिटल राख्ने र कार्यालय दरवारमार्गबाट कमलादीमा सार्ने प्रस्ताव पनि पारित भएको ।

कम्पनीको हाल कायम रहेको पूँजी संरचनामा आवश्यक परिमार्जन गर्नको लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment