Comments Add Comment

कोपा अमेरिकाका मेक्सिको समूह बिजेता, उरुग्वेको सान्त्वना जीत

copa-Mex-vs-ven

३२ जेठ, काठमाडौं । महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको समूह सीको अन्तिम खेलमा मेक्सिको र भेनेजुएलाले एक एक गोलको बराबरी खेलेका छन् ।

बराबरीपछि यस समूहमा मेक्सिको समूह बिजेता र भेनेजुएला उपबिजेता बन्दै क्वाटरफाइनलमा प्रबेश गरे । टेक्सासस्थित एनआरजी रंगशालामा भएको खेलमा सुरुवाती १० मिनेटमै जोसे भालाजक्वीजले भेनेजुएलालाई अग्रता दिलाएका थिए ।

तर खेलको अन्त्यतिर मेक्सिकोले बराबरी गोल फर्काउन सफल रहृयो । सब्सिच्युड स्ट्राइकर जेसस कोरोनाले ८०औं मिनेटमा गोल गरी खेल बराबरी मात्र गरेनन् टोलीलाई समूह बिजेतासमेत बनाए ।

समूहको अघिल्लो दुई खेलमा जीत निकालेको मेक्सिको र भेनेजुएलाको बराबरीपछि समान ७/७ अंक भएपनि गोल अन्तरको आधारमा मेक्सिको अगाडि रहृयो ।

क्वाटरफाइनलमा मेक्सिकोले समूह ‘डी’ को उपबिजेतासँग प्रतिस्पर्धा गर्नेछ भने भेनेजुएलाले बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह डी मा अर्जेन्टिना अगाडि छ भने दोस्रो स्थानमा चिली छ । भोलि हुने समूहको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभिया र चिलीले पानामासँग खेल्नेछन् ।

उरुग्वेको सान्त्वना जीत

यता समूह सी कै अर्को खेलमा उरुग्वेले जमैकामाथि तीन शून्य गोलको सान्त्वना जीत आत्मसाथ गरेको छ । समूहका अघिल्ला दुई खेलमा पराजित भएपछि कोपा अमेरिकाको सर्बाधिक सफल टोली उरुग्वे समूह चरणबाटै बाहिरिसकेको छ ।

क्यालिफोर्नियास्थित लेभिस रंगशालामा भएको खेलमा १५ पटकको उपाधि बिजेता उरुग्वेले जमैकालाइ तीन शून्य गोलले हरायो । उसका लागि अवेल हर्नान्डेज र माटियास कोरुजोले गोल गरेका थिए । त्यस्तै जमैकाका डिफेण्डर जे वाट्सनले आत्मघाती गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment