+
+

‘अचानो’मा देखिदै बर्षा, भन्छिन्-‘थोरै तर छानेर फिल्म खेल्छु’

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते १०:५७

barsha siwakoti
दोश्रो चलचित्र ‘पशुपति प्रसाद’ भएपनि आफूलाई यो चलचित्रको नव-नायिका भन्न रुचाउँछिन् बर्षा सिवाकोटी । उनले चलचित्र ‘नाई नभन्नु ल २’मा आफ्नो भूमिका केमियो रहेको बताउँदै आएकी छिन् । जबकि, यी नव-नायिकाको ‘पशुपति प्रसाद’मा भन्दा ‘नाई नभन्नु ल २’मा भूमिका लामो छ । उनै नव-नायिका सिवाकोटीले चलचित्र ‘अचानो’मा काम गर्ने भएकी छिन् । यो चलचित्रको काठमाण्डौमा आयोजित एक कार्यक्रममा घोषणा गरियो ।

यो चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्दैछन् । जसले यसअगाडि नव-नायिका सिवाकोटीलाई नै लिएर चलचित्र ‘सुब्बा साब’ निर्देशन गरेका थिए, जुन चलचित्र प्रदर्शन भएको छैन । आफूले थोरै तर छानेर चलचित्र गर्ने दाबी गर्दै आएकी बर्षाको ‘अचानो’ भित्रको भूमिका भने खुलाइएको छैन ।

कार्यक्रममा ‘असत्यको बाटो’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । महेन्द्र मैनालीको यथार्थ घटनाहरुलाई समेटेर तयार पारिएको भिडियोमा महेन्द्र मैनाली, राजन थपलिया, स्टु कार्की, बिष्णु धितालले अभिनय गरेका छन् । डाक्टर कृष्णहरि बरालको शब्द, रमेश खड्काको संगीत रहेको यो गीतको भिडियोलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । कार्यक्रममा गीतकार डाक्टर कृष्णहरि बराल र निर्माता सरोज शर्मालाई सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?