Comments Add Comment

पोर्चुगल भर्सेस आइसल्याण्डः सफल होला त रोनाल्डोलाई रोक्ने रणनीति ?

मंगलबार राति १२ः ४५ बजे

PORTUGAL_VS_ICELAND

युरोकप २०१६ को समूह चरण अन्तर्गत आज राति पौने १ बजेदेखि पोर्चुगल र आइसल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा रहेको आइसल्याण्डले पहिलो पटक युरोकप खेल्दैछ ।

पहिलो पटक ठूलो प्रतियोगिताको फाइनल चरण खेल्न लागेको उत्तर युरोपेली मुलुक आइसल्याण्डको जनसङख्या मात्र ३ लाख ३० हजार छ । जारी युरोमा सबैभन्दा कम जनसङख्या भएको सहभागी राष्ट्र यही हो ।

फ्रान्सको सेन्ट इटियेनस्थित जियोफ्री गुइचार्ड रंगशालामा हुने खेलमा निसन्देह सबैको नजर पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि हुनेछ । जसले आजको खेलबाट कीर्तिमानी १२७ क्याप जित्नेछन् । जुन पोर्गुलगका अहिलेसम्मका महान खेलाडी लुईस फिगोसँग बराबर हो ।

आइसल्याण्ड र पोर्चुगल यसअघि मात्र दुई पटक आमने समाने भएका छन् । जसमा दुवै पटक ठूलो गोलअन्तरमा पोर्चुगलले जीत हासिल गरेको छ । सन् २०१२ युरोको छनौट चरणका दुई खेलमा भेट भएयता यी दुई टोली पहिलो पटक खेल्दैछन् ।

छनौट चरणमा समूह ए को उपबिजेता बन्दै प्रतियोगिताको लागि छनौट भएको आइसल्याण्डले पछिल्लो १० खेलमा प्रदर्शन राम्रो गरेको छैन । आइसल्याण्डले पछिल्लो १० मध्ये ३ खेलमा मात्र जीत हासिल गरेको छ भने पोर्चुगल १० खेलमा ३ खेलमा मात्र पराजित भएको छ । बाँकी सबैमा उसले जीत निकालेको छ ।

पोर्चुगिज टोलीका प्रशिक्षक फर्नाण्डो सान्तोसले आफ्ना खेलाडी आइसल्याण्डबिरुद्धको खेलका लागि आतुर रहेको बताएका छन् ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सान्तेाषले भनेका छन् कि ‘हामी उत्कृष्ट प्रदर्शन गर्दै युरोको उपाधि हासिल गर्न चाहन्छौं । हाम्रो लक्ष्य अहिलेपनि त्यही हो । मलाई थाहा छ यसका लागि प्रत्येक खेल हामीले जित्नुपर्छ ।’

उनले अगाडि थपे, ‘आइसल्याण्डको टोली शारीरिक रुपमा बलियो छ, ट्याक्टिकल्ली राम्रो छ । तर हामीलाई यो पनि थहा छ कि यसले रक्षापंक्ति र अग्रपंक्ति कस्तो छ भनेर । खेल जीत्नका लागि मेरो खेलाडीले हरेक उपाय अपनाउनेछन् ।’

यता आइसल्याण्डका प्रशिक्षक लार्स लेजरब्याकले भनेका छन् कि ‘तपाईं हामी सबैलाई थाहा छ कि क्रिष्टियानो रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । तर हामीले पोर्चुगलको समग्र टोलीसँग प्रतिस्पर्धा गर्नेछौं । तर, अवश्यपनि हामी रोनाल्डोलाई चल्न नदिने रणनीतिमा हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment