Comments Add Comment

बरदुवईमा खुल्यो नेपाली रेष्टुरेन्ट

युएई । युएईमा रहेका नेपालीहरुको भेटघाटको सबैभन्दा लोकप्रिय स्थान बरदुबईमा हिमालयन रेष्टुरेन्टले औपचारिक सेवा आरम्भ गरेको छ । एभरेस्ट रेष्टुरेन्ट ग्रूपको लगानीमा गत आइतबारदेखि काठमाडाैं हाइलाइन रेष्टुरेन्टलाई परिमार्जन गरेर हिमालय रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

himalaya-resturantएभरेस्ट रेष्टुरेन्ट दुबई सञ्चालनमा आएको एक वर्षपछि सोही ग्रुपको लगानीमा नेपाली हिमालय रेष्टुरेन्टको नाममा सेवा आरम्भ गरिएको हो । नयाँ व्यवस्थापन तथा नयाँ स्वरुपममा सञ्चालन गरिएकोले ग्राहकहरुले नयाँपन पाउने नेपाली बिजनेस काउन्सिलका उपाध्यक्ष समेत रहेका सञ्चालक डा. दिनेश आचार्यले बताएका छन् ।

रेष्टुरेन्टमा मिठो, सफा, ताजा र शुद्ध तथा स्वादिष्ट नेपाली परिकारहरु, नेवारी खानाका परिकारहरुका साथै थकाली खाना पाइने सञ्चालकले जानकारी दिएका छन् । नेपाली नास्ता र सेलरोटीको छुटै व्यवस्था रहेको रेष्टुरेन्टमा संघसंस्थाको भेटघाट, विभिन्न पारिवारिक पार्टीहरुका लागि विशेष सुविधा रहने बताइएको छ । चाइनिज खाना, कोदोको ढिंडो पनि रेस्टुरेन्टको मेनुमा छ ।menu

एक सय जनाभन्दा बढी ग्राहकलाई एकै समयमा सेवा दिन सक्ने क्षमता परिमार्जित रेष्टुरेन्टको छ । युएईमा सञ्चालनमा रहेका अन्य नेपाली रेष्टुरेन्टको तुलनामा यो रेस्टुरेन्ट सुविधा सम्पन्न रहेको सञ्चालक आचार्यले दाबी गरेका छन् ।

क्रेडिट कार्डबाट पनि बिल भुक्तानी गर्न सकिने रेष्टुरेन्टले निःशुल्क होम डेलिभरी सहित अगि्रम बुकिङको लागि अनलाइन मार्फत् पनि खाना अर्डर गर्न सकिने छ । रेष्टुरेन्ट संघसंस्थाका प्रतिनिधि, व्यापारी, सञ्चारकर्मी तथा सर्वसाधारण नेपाली ग्राहकहरुलाई सेलरोटी अचार, लप्सी आदि परिकारहरु खुवाएर रेस्टुरेन्टको औपचारिक सुरुवात गरिएको थियो ।

रेस्टुरेन्टको औपचारिक उद्घाटनमा यूएईमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, व्यापारी, संचारकर्मी तथा प्रवासी नेपाली ग्राहकको उल्लेखनीय उपस्थिति थियो । एभरेस्ट रेस्टुरेन्ट ग्रुपले चाँडै दार्जीलिङ एक्सप्रेस रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याउन लागेको सञ्चालक आचार्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment