Comments Add Comment

पर्यटक नभित्रिए होटलको खर्बौं लगानी जोखिममा

HAN-and-ananda-Pokhrel
३२ जेठ, काठमाडौं । होटल व्यवसायी र पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलबीच होटल उद्योगका विषयमा छलफल भएको छ । सोमबार पर्यटन मन्त्रालयमा होटल व्यवसायी र मन्त्रीबीच होटलको समसामयिक विषयमा छलफल भएको हो ।

होटल संघ नेपाल (हान)का अध्यक्ष बिके श्रेष्ठले मन्त्री पोखरेलसमक्ष होटल उद्योगमा दिनप्रतिदिन लगानी बढिरहेको जानकारी गराउँदै सोही अनुपातमा पर्यटक आगमन संख्या बढ्न नसकेको गुनासो पोखे ।

सरकारले पर्यटक आगमन बढाउन खासै उपलब्धीमुलक कार्यक्रम नगरेको संघको आरोप छ । सरकारले पर्यटक भित्राउन पहल नगरे होटलमा भएको खर्बौंको लगानी धरासायी हुने निश्चित भएको अध्यक्ष श्रेष्ठले बताए ।

सोही अवसरमा संघले आगामी जुलाईमा चीनको बेइजिङ तथा सांघाईमा आयोजना गर्न लागिएको नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रमका बारेमा पनि मन्त्री पोखरेललाई जानकारी गरायो ।

मन्त्री पोखरेलले विविध कारणले गर्दा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु खासै हुन नसकेको स्वीकार गरे । संघले चीनमा आयोजना गर्न लागेको प्रवर्द्धनात्मक कार्यक्रमको सराहना गर्दै उनले आगामी दिनमा सरकारले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु गरी पर्यटक आगमनमा वृद्धि गर्ने आश्वासन दिए ।

भेटवार्तामा संघको तर्फबाट अध्यक्ष श्रेष्ठसहित प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव विनायक शाह, कार्यसमिति सदस्य प्रविणबहादुर पाण्डे र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment