Comments Add Comment

‘लुकामारी’ विल्कुल फरक छ, मलाई बोलिराख्न मन लाग्दैनः सौगात मल्ल

saugat malla in lukamari
नेपाली चलचित्र क्षेत्रमा कमै मात्र यस्ता कलाकार छन्, जो आफ्नो भूमिकामा डुब्न रुचाउँछन् । हरेक चलचित्रमा फरक-फरक गेटअपमा देखिने र दर्शकलाई फरक स्वादका चलचित्र दिने कलाकारमा पर्छन् सौगात मल्ल । जसको नयाँ चलचित्र ‘लुकामारी’ यहि असार १० गतेबाट देशभरका हलमा लाग्दैछ । सौगातको फरक गेटअप र संवाद भन्ने शैलीका कारण पनि यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ ।

एक चलचित्रको छायांकनका लागि काठमाण्डौ बाहिर रहेकाले पनि सौगात ‘लुकामारी’को प्रचारमा देखिन पाएका छैनन् । तर, सौगात भन्छन्-‘मलाई मिडियामा आइराख्न मन लाग्दैन । म जे काम गर्छु, त्यो चलचित्रमा देखिन्छ ।’

आफू परासी बजारमा हुर्किएकाले पनि त्यहाँको शैली, भाषालाई पर्दामा ल्याउन मन लागेको उनको भनाई थियो । जसलाई चलचित्र ‘लुकामारी’बाट पुरा गरेको उनको भनाई छ । सौगातले भने-‘यो चलचित्रमा मेरो चौधरीको क्यारेक्टर छ । जुन यसअगाडि गरेका चलचित्र भन्दा विल्कुल फरक छ ।’

आफूले ब्यानर र स्त्रिmप्ट दुबै हेरेर काम गर्ने गरेको सौगातले बताए । श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुरजमानसिंह भण्डारीले निर्माण गरेका हुन् । चलचित्रमा कर्मा, सुरविना कार्की, रीस्ता बस्नेत लगायतका कलाकारको अभिनय छ । चलचित्रमा कमेडीको साथमा थ्रिलर बिषय समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment