Comments Add Comment

ग्लोबल आइएमईले प्यासिफक डेभलपमेन्ट बैंक खरिद गर्ने

ime-na-pasific
१ असार, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङमा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ  ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल ज्यू र प्यासिफिक डेभलपमेन्ट बैंकका अध्यक्ष भेषबहादुर पौडेलले हस्ताक्षर गरे ।

दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाएर एक जिल्ले विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पूँजी ११ करोड रहेको छ ।

प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ६ अर्ब २७ करोड, कुल निक्षेप ७१ अर्ब, कर्जा लगानी ६१ अर्ब रुपैयाँ र शाखा ९४ वटा पुग्नेछन् ।

ग्लोबल आइएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आइएमई फाइनान्सियल इन्स्टीच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससँग सफल मर्जर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment