Comments Add Comment

बैंकको ऋण लगानी १६.२ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?

२ असार, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कर्जा प्रवाह क्रमशः १७.६ प्रतिशत, १२.९ प्रतिशत र ३.२ प्रतिशतले बढेको छ । वाषिर्क बिन्दुगत आधारमा २०७३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी Money Nepalक्षेत्रतर्फ प्रवाहित कर्जा २१.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कृषि, औद्योगिक उत्पादन, निर्माण तथा सेवा उद्योग जस्ता प्रमुख क्षेत्रहरूमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह केही न्यून भएको छ ।

यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १३.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १२.५ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १०.९ पतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १८ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २७.५ प्रतिशतले बढेको छ ।

वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.६ प्रतिशत र १२.९ प्रतिशत रहेको थियो ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २ खर्ब ३३ अर्ब ८० करोड (प्रतिग्राहक १ करोडभन्दा कमको १ खर्ब ३३ अर्ब ९१ करोडको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १४.८ प्रतिशत हुन आउँछ ।

वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २ प्रतिशत (३२ अर्ब २१ करोड) रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत (३२ अर्ब ९२ करोड) छ ।

यसैबीच समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ११.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १२.४ प्रतिशतले बढेको थियो ।

वाणिज्य बैंक र विकास बैंकहरूको निक्षेप क्रमशः १२ प्रतिशत र ७.३ प्रतिशतले बढेको छ । वाषिर्क बिन्दुगत आधारमा वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.५ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment