Comments Add Comment

नेपाली सडकमा हुँइकिन थाल्यो प्रिमियम लक्जरी जगुअर कार

Jaguar XF (3)

२ असार, काठमाडौं । नेपालको प्रिमियम कार बजारमा नयाँ प्रतिष्ठित ब्रान्डको प्रवेश भएको छ । युरोपको प्रिमियम लक्जरी कार जगुअर नेपाली बजारमा भित्रिएको हो ।

नेपालमा जगुअरको ‘एक्सजे एल’ र ‘एक्सएफ’ मोडल भित्रिएका छन् । जसले नेपाली प्रिमियम कार बजारमा भाइब्रेन्ट पैदा गरिरिदएको छ । जगुअरले ठूला व्यवसायिक घरनाको ध्यान खिच्न सफल भएको छ ।

धुमबाराहीमा रहेको किशोर गियरले जगुअर कार बिक्री सुरु गरेको हो । नेपाल भित्रिएका जगुअर कार २०१४ मा बनेका मोडल हुन् । किशोर गियरले नेपालमा प्रिमियम लक्जरी कारहरु बिक्री गर्दै आएको छ । जगुअर कारमा प्लेनमा जस्तै सेवा सुविधाहरु रहेका छन् ।

Jaguar xjl (3)

जगुअर कारमा प्लेनको सिटमाजस्तै टचस्क्रिन डिस्प्ले राखिएको छ । साथै, फोल्डिङ बिजनेश टेवलको समेत व्यवस्था छ । फोल्डिङ टेवलमा बिजनेशका कामहरु गर्नुका साथै खानेकुरा समेत राख्न मिल्छ । नेपालमा उपलब्ध एक्सजे एलमा टिभी रहेको छ ।

किशोर गियरले ६ वटा जगुअर कार ल्याएको थियो । नेपाल भित्रिन नपाउँदै सबै कारहरु बिक्री भइसकेको किशोर बादे श्रेष्ठले अनलाइनखबरसँग बताए । ‘नेपाली सडकमा ४ वटा जगुअर कुद्न थालिसकेका छन्’ उनले भने- ‘बाँकी दुईवटा पनि बुकिङ भइसकेका छन्, छिट्टै हस्तान्तरण गर्छौं ।’

चर्चित व्यवसायिक घराना गोल्छा अर्गनाइजेसन, सारदा ग्रुप र प्रेसिडेन्सियल ट्राभल्सले जगुअर कार लगिसकेका छन् । अर्को घराना शंकर ग्रुपले पनि जगुअर कार किन्न खोजिरहेको छ ।

जगुअर एक्सजे एल ४.८ मिटर लामो लक्जरी कार हो । यसको लम्बाई नेपाली सडकमा कुद्ने मिनी बसको जत्रै छ ।

Jaguar xjl (1)

बेलायती जगुअर ल्याण्डरोभर कम्पनीद्धारा उत्पादित यी कारमा ल्याण्डरोभरको इञ्जिन प्रयोग गरिएको श्रेष्ठले बताए । एक्सएफ डिजेल र पेट्रोल इञ्जिनमा र एक्सजे डिजेल इञ्जिनमा उपलब्ध छन् ।

एक्सजे एलमा ३.० लिटर बी ६ डिजल इञ्जिन जडान गरिएको छ । यसमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । यो गाडीले ५.९ सकेण्डमा प्रतिघण्टा ६० किलोमिटर र ६.२ सेकेण्डमा १०० किलोमिटरको स्पिड लिन सक्छ ।

एक्सजे एल आकर्षक डिजाइनमा छ । यसमा इन्टेरियर डिजाइन र फिचरहरु लक्जरी छन् । यो कार जति आकर्षक देखिन्छ, त्यति नै विलासी रहेको श्रेष्ठले बताए । कारलाई विलासी बनाउन पछिल्ला विकसित आइटी प्रविधिको भरपुर प्रयोग गरिएको छ ।

jaguar (1)Jaguar xjl (7) Jaguar xjl (8)

एक्सजेको बाहिरी आवरण स्पोर्टी डिजाइनमा छ । यसका लाइटहरु निकै आकर्षक रहेका छन् । यसको रुफलाइन फ्लोटिङ रहेको छ ।

एक्सजे एलको क्याविन फराकिलो रहेको छ । यस गाडीमा स्पेश फराकिलो हुँदा यात्रु र चालक बस्दा विलाशी अनुभव गर्छन् । कारको ड्यासबोर्ड निकै आकर्षक रहेको छ । ड्याबोर्डमा टचस्क्रिन डिस्प्ले राखिएको छ । जसले चालकलाई रियल टाइम इन्फरमेसन समेत उपलब्ध गराउँछ ।

यसको रियर सिटमा १०.२ इञ्चको एचडी टचस्कि्रन टिभी राखिएको छ । यात्रुले आफुलाई मन भर्ने गीतको भिडियो अथवा फिल्म हेर्दै यात्रा गर्न सक्नेछन् । यस्तो सुविधा खासगरी प्लेनमा हुने गर्छ । टिभीमा वायरेलेस हेडफोन, रिमोट, युएसबी एन्ड एचडीएमआई पोर्ट राखिएको छ ।

Jaguar xjl (4)Jaguar xjl (6)एक्सजेमा एबीएस, ग्लास सनरुफ, १९ इञ्चको आल्मुनियम हृवील, फ्रन्ट एयर कन्डिसन, डुअल जोन अटोमेटिक, सिट चिसो तातो बनाउने सिष्टम, रिमोट कि-लेस इन्ट्री, रियर फग लाइट, हिटेड मिरर, लेदर सिट, नेभिगेसन सिष्टम र पार्किङ एसिष्ट रहेको छ ।

नेपालमा अजगुर एक्सएफ डिजेल र पेट्रोल गरी दुई इञ्जिन अप्सनमा भित्राइएको छ । २.२ लिटर डिजेल इञ्जिन र २.० लिटर पेट्रोल इञ्जिनमा एफएक्स उपलब्ध छ । दुबै मोडलमा ८ स्पिड अटोमेटिक ट्रान्समिन रहेको छ ।

एफएक्स पनि विलासी कार हो । यसको बाहिरी आवरण र भित्रि सजावट लक्जरी रहेको छ । यसमा यसको क्याविन लक्जरी मेटि्रयलबाट बनाइएको छ । Jaguar XF (2)

नेपाली बजारमा जगुअर एक्सएफ २०१४ को मूल्य १ करोड ३० लाखदेखि १ करोड ४० लाख रुपैयाँसम्म रहेको छ । त्यस्तै, जगुअर एक्सजे एल २०१४ को मूल्य १ करोड ५ लाखदेखि १ करोड ६० लाख रुपैयाँसम्म रहेको श्रेष्ठले बताए ।

दुबै कार सन् २०१४ का मोडल भएको हुँदा सस्तो परेको हो । सन् २०१६ को मोडल खरिद गर्न चाहेमा साढे २ करोडको हाराहारीसम्म पर्छ ।
नेपालमा जगुअर कार कालो र सेतो कलरमा उपलब्ध छ । नेपालमा जगुअरको सबैभन्दा ठूलो समस्या भनेको ग्राउन्ड क्लियरेन्स हो । नेपालका खाल्डाखुल्डी सडकमा जगुअर कुदाउन समस्या पर्छ ।

Jaguar XF (1)

तर, किशोर गियरले स्पेशियल किटको प्रयोग गरेर उचाई बढाइदिन्छ । कम्पनीले गाडी हेरिकन २४ मिलिमिटरदेखि ४८ मिलिमिटरसम्म उचाइ बढाइदिने गरेको श्रेष्ठले बताए ।

किशोर गियर जर्मनको स्पेशल किटको आधिकारिक बिक्रेता समेत हो । कम्पनीले अन्य ब्रान्डका गाडीमा समेत स्पेशल किट प्रयोग गरेर ग्राउन्ड क्लियरेन्स बढाइदिने गरेको छ ।jaguar (12)jaguar (8) jaguar (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment