Comments Add Comment

सीमास्तम्भबारे नेपाल र भारतका अधिकारीबीच छलफल

३ असार, चितवन । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमास्तम्भबारे छलफल भएको छ । सीमास्तम्भको फिल्ड सर्भे टोलीले अहिलेसम्म गरेको उपलब्धिबारे समीक्षा गरी सीमाको व्यवस्थापनका विषयमा अधिकारीबीच छलफल भएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए ।

sima stambhaभारतको वेतियामा बिहीबार भएको छलफलमा सीमास्तम्भ मर्मत, निर्माण र सीमा क्षेत्रको विषयमा गम्भीर छलफल भएको उनले बताए ।  छलफल पछि टोली बिहीबार नै फर्किएको छ । “मुख्यगरी अहिलेसम्म सर्भे टोलीले गरेका उपलब्धिबारे गम्भीर छलफल भयो”, सिंहले भने, “खोलामा परेका क्षेत्रबाहेक अधिकांशका सीमास्तम्भ मर्मत भएको पाइएको छ ।”

उक्त छलफलमा सीमा जोडिएको जिल्लाका प्रजिअ र सुरक्षा प्रमुख, निकुञ्ज तथा वनका अधिकारी एवम् भारतको पूर्वी र पश्चिम चम्पारनका अधिकारीको सहभागिता रहेको थियो ।

नेपालको बारा, पर्सा र चितवनका प्रजिअ सहितका सुरक्षा अधिकारी छलफलमा सहभागी भएको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले बताए ।  अहिलेसम्म गरेको कामको प्रजिअ र सुरक्षा अधिकारीस्तरको टोलीले समीक्षा गरेपछि मात्रै माथिल्लो निकायमा प्रतिवेदन पेस गरिनेछ । दुई देशका नापी विभागका अधिकारी सम्मिलित सर्भे टोलीले गएको वर्षदेखि सीमास्तम्भको सर्भे गरिरहेको छ ।

नेपाल भारतको सीमामा एक हजार ६०० भन्दा बढी सीमास्तम्भ छन् । चितवनमा २७ वटा पिल्लर छन् । टोलीले जिल्लामा चारवटा पिल्लर मर्मत गरेको जनाइएको छ । केही स्थानमा र खोलामा हराएका सीमास्तम्भ बनाउन बाँकी रहेको सो क्षेत्रको सीमाको विषयमा भने माथिल्लो निकायबाटै छलफल गर्ने गरी बैठक सकिएको प्रजिअ सिंहले बताए ।

उनका  अनुसार अन्य क्षेत्रका भाँचिएका र हराएका पिल्लर बनेको सर्भे टोलीले प्रतिवेदन दिएको छ । जमिन यताको उता र उताको यता परेको भन्ने विषयमा माथिल्लो निकायमा छलफल हुने सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment