Comments Add Comment

सान्चेसले तोड्लान रोनाल्डोको अर्को रेकर्ड ?

Sanchez

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले अष्ट्रियाविरुद्ध मैदान उत्रँदा आफ्नो टोलीमा २/३ परिबर्तन हुने बताएका छन् ।

यदि अष्ट्रियाविरुद्ध उनी छनोट भएमा पोर्चुगलका रेनाटो सान्चेसले ठूला प्रतियोगितामा फस्ट ११ मा पर्न सबैभन्दा युवा खेलाडी हुनेछन्, जसले क्रिष्टियानो रोनाल्डोको एक रेकर्ड तोडिसकेका छन् ।

युरो कपमा पोर्चुगलले आइसल्याण्डसँग बराबरी खेल्दा उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । यससँगै १८ वर्ष ३०१ दिनका उनी युरोपियन च्याम्पियनसिप वा विश्वकप खेल्ने पोर्चुगलका युवा खेलाडी बने । उनले रोनाल्डोबाट रेकर्ड आफ्नो नाममा सारे । रोनाल्डोले २००४ को युरोमा १९ वर्षको उमेरमा खेलेका थिए ।

‘सबै ठीक छ र म खुसी छ, सान्चेसले भनेका छन्, मलाई थाहा छ कि म भन्दा धेरै अनुभव भएका मिडफिल्डरहरु छन् । तर, म खेल्नका लागि तयार छु ।’

पोर्चुगल २०१२ को युरो कपमा सेमिफाइनलसम्म पुगेको थियो । तर, स्पेनसँग पेनाल्टीमा चुक्यो । यो पटक समूह ईमा रहेको उसलाई शीर्ष स्थानको दाबेदार मानिएको छ ।

तर, पहिलो खेलमा नै युरो कप खेल्ने सबैभन्दा सानो देश आइसल्याण्डले नराम्रो धक्का दिएको छ । पहिलो खेलपछि हामी निराश छौं, किनकी हामी जित्न चाहन्थ्यौं, सान्चेसले भने ।

सान्चेस बेन्फिकाबाट पाँच वर्षका लागि हालै मात्र जर्मन क्लब बार्यन म्युनिख गएका छन् । बार्यन जाँदैमा आफ्नो खेल्ने शैलीमा कुनै परिर्वतन नहुने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment