Comments Add Comment

एसएलसीमा रुपन्देहीकी समीक्षा नेपाल टपर भएको दाबी

भन्छिन्- डाक्टर बनेर गरीब दुःखीको सेवा गर्नेछु

३ असार, बुटवल । रुपन्देहीकी समिक्षा सुवेदीले एसएलसी परीक्षामा नेपाल टप गरेको दाबी गरेकी छन् । उनी सैनामैना नगरपालिका मुर्गियामा रहेको सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी हुन् ।

Samikshya-Subedi-Rupandehiसमिक्षाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ४ अंक हासिल गरेकी छन् ।

सतप्रतिशत अंक ल्याउँदै समिक्षा नेपाल टप भएको दाबी गर्दै विद्यालयले शुक्रबार खुसियाली र्‍याली आयोजना गरेको छ ।

विद्यालयका प्राचार्य तिलव केसीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म जीपीए ४ ल्याएको कोही पनि छैनन्, हामी यो खुसीलाई सबैसँग साट्न चाहन्छौं ।’

सबैलाई जितको भन्दै समिक्षा पनि उत्साहित छिन् । उनले भविष्यमा डाक्टर बन्ने लक्ष्य रहेको बताइन् । अनलाइनखबरसँग छोटो प्रतिक्रिया दिँदै समिक्षाले भनिन्, ‘म एकदमै उत्साहित छु, अब डाक्टर बनेर देशका नागरिक दुःखी बिरामीको सेवा गर्नेछु ।’

त्यसैगरी बुटवलस्थित अक्सफोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका छन् । अक्सफोर्डका प्राचार्य दिनेश भुसालले छात्रतर्फ अमृत नेपाल टपर भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment