Comments Add Comment

लियोनार्दो बोनुक्की भर्सेस ज्लाटन इब्राहिमोवीच

players (2)

लियोनार्दो बोनुक्की

समूहको पहिलो खेलमा बेल्जियम बिरुद्ध जित हासिल गर्दा पहिलो गोलका लागि पास उपलब्ध गराएर इटालीयन स्टार डिफेण्डर लियोनार्दो बोनुक्कीबाट प्रशिक्षक एन्टोनियो कोन्टेले आजको खेलमा पनि त्यस्तै अपेक्षा गरेका छन् ।

रक्षाक्षेत्रबाट मिडफिल्डमा बल उपलब्ध गराउन र विपक्षी अग्रपंक्तिलाई खुलेर खेल्न नदिन यी स्टारले अघिल्लो खेलमा देखाएको दृष्टिले सबैको ध्यान आकृष्ट गरेको थियो । तर बेल्जियमसँग जस्तो स्वीडेनबिरुद्ध खेल्न इटालीयन डिफेण्डरलाई सजिलो भने पक्कै हुनेछैन ।

स्वीडेन परिश्रमी टोली हो र उसले अक्सर आफ्नो क्षमताको भरपूर उपयोग गरेर विपक्षी टोलीलाई हायलकायल पार्ने गर्छ । इटालीयन टोलीको मिडफिल्ड कमजोर भएको भन्दै आलोचना भइरहेका बेला पछाडिबाट बोनुक्कीजस्ता डिफेण्डरले अगाडि बढेर खेल्ने मौका पाएका छन् । र त्यो अवसरको उनले भरपूर उपयोग गर्नेछन् । यसले स्वीडिस मिडफिल्डलाई पनि चुनौति हुनेछ ।

२९ बर्षीय बोनुक्कीले सन् २०१० यता इटालीको राष्ट्रिय टोलीबाट खेलेका ५८ खेलमा ३ गोल गरेका छन् भने व्यवसायिक करिअरमा उनले युभेन्टसबाट २०१० यता खेलेका १९८ खेलमा १२ गोल गरेका छन् । प्रतियोगिताको अघिल्लो चरणमा प्रबेश पाउनका लागि जित्नैपर्ने दवावमा रहेको स्वीडिस टोलीका लागि उनी आजको खेलमा टाउको दुखाइ बन्न सक्छन् ।

ज्लाटन इब्राहिमोवीच

सन् २००४ को संस्करणमा समूह चरणको खेलमा इटालीबिरुद्ध गरेको ब्याक फुट गोल सायदैले विर्सिएलान् । उनले गोल गरेपनि स्वीडेनले इटालीसँग बराबरी खेलेको थियो । ग्रुप अफ डेथ मानिएको समूह ‘इ’ मा रहेको स्वीडेनले युरोकपको अर्को चरणमा प्रबेश पाउनका लागि आगको खेलमा ज्लाटनको उत्कृष्ट प्रदर्शनको जरुरत पर्छ ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा ज्लाटनको त्यो पहिलो पाइला थियो र सारा विश्व उनको क्षमतासँग परिचित बनेका थिए । त्यसपछि गत सोमबार भएको आयरल्याण्डबिरुद्धको खेलसम्म आइपुग्ला उनले अन्तर्राष्ट्रिय फुटबलमा धेरै उपलब्धि हासिल गरिसकेका छन् भने उनी निक्कै परिपक्वपनि बनेका छन् ।

विश्वका उत्कृष्ट फरवार्डहरुमध्येमा अग्रपंक्तिमा आउने स्टार हुन ज्लाटन । उनी स्वीडिस राष्ट्रिय टोलीका कप्तान समेत हुन । राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै स्ट्राइक रेटमा गोल गर्ने खेलाडीको सूचीमा उनी विश्वमै पहिलो नम्बरमा आउँछन् । उनले स्वीडिस टोलीबाट ११४ खेलमा ६२ गोल गरेका छन् । समूहको पहिलो खेलमा आयरल्याण्डसँग १-१ को बराबरी हुँदा आयरल्याण्डका डिफेण्डरले उनैको प्रहार क्लियर गर्न लाग्दा आत्मघाती गोल गरेका थिए ।

आफ्नो करिअरको लामो समय इटालीका लिगहरुबाट खेलेका यी स्टारले राष्ट्रिय टोलीबिरुद्ध आफ्नो क्षमता पुनः प्रस्तुत गर्ने अवसर पाएका छन् । विश्वका उत्कृष्टमध्येका एक इटालीयन रक्षाप्रक्ति तोड्न उनलाई सहज भने हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment