Comments Add Comment

तराईका अस्पतालबाट दुई दर्जन नक्कली डाक्टर पक्राउ

Fake-Doctor४ असार, काठमाडौं । नक्कली चिकित्सकविरुद्ध अपरेसन चलाएको प्रहरीले तराईका जिल्लाबाट एकै दिन दुई दर्जनभन्दा धेरै चिकित्सक पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेशन चलाएर दुई दर्जनबढी नक्कली चिकित्सक पक्राउ गरेको हो । भारतबाट ल्याएको प्रमाणपत्रका आधारमा एमवीवीएस अध्ययन गरेको अनुसन्धानबाट खुलेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धान सकिएपछि मात्र पक्राउ गरेका चिकित्सकबारे विवरण सार्वजनिक गरिने वनाएको छ ।

पक्राउ परेकाले भारतीय कलेजबाट आइएस्सी उत्तीर्ण शैक्षिक प्रमाणपत्रका आधारमा एमवीवीएस पढेका थिए । तर, उनीहरुको सर्टिफिकेट नम्कली भएको पुष्टि भएपछि सिआइबीले एकैपटक पक्राउ गरेको हो ।

सिआइबीले भारतबाट अध्धयन गरेका डाक्टरहरुको शैक्षीक प्रमाणपत्र भारतका विभिन्न कलेजमा गई त्यसको आधिकारिकता परीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment