Comments Add Comment

सूचीमा नाम छुटेको भन्दै गाविस कार्यालयमा भूकम्पपीडितको ताला

Gorkha Laprak, earthquake Victims (15)

४ असार, गोरखा। निजी आवास (घर) बनाउन सरकारले दिने अनुदान रकम पाउने सूचीमा आफूहरुको नाम छुटेको भन्दै गोरखाको ताप्ले गाविसका भूकम्पपीडितले गाविस कार्यालयमा ताला लगाएका छन् ।

करिव २० जनाको सङ्ख्यामा शुक्रबार दिउँसो कार्यालय पुगेका भूकम्पपीडितले ‘वास्तविक भूकम्पपीडितको नाम छुटाइएको’ भन्दै ताला लगाएका हुन् ।

यसअघि घर पूर्ण रुपमा क्षति पुगेको भन्दै रातो कार्ड लिएका भूकम्पपीडितको नाम अनुदान पाउने सूचीमा छुटेपछि उनीहरु आक्रोशित भएका हुन् । लाभग्राही र गाविस सचिवबीच अनुदान वितरण प्रक्रियाका लागि सम्झौताको काम भइरहेका बेला उनीहरुले कार्यालय बन्द गराएका हुन् ।

गाविस सचिव घनश्याम ढकालका अनुसार गत जेठ २६ गतेदेखि निजी आवास निर्माणका लागि अनुदान दिन लाभग्राहीसँग सम्झौता सुरु गरिएको हो । रातो कार्ड लिएका तर अनुदान पाउने सूचीमा नाम छुटेकाहरुले कार्यालय बन्द गराएको उनले बताए । आजसम्म ८०० जनाको सम्झौता भैसकेको छ ।

एक हजार २९८ जनाले रातो कार्ड पाएको भएपनि गाउँमा इञ्जिनियर गएर तथ्याङ्क सङ्कलन गरेपछि एक हजार २२८ जनाको मात्रै अनुदान पाउने सूचीमा नाम निस्केको थियो । पूर्व गाविस अध्यक्ष देवीप्रसाद श्रेष्ठले भूकम्पले घर भत्किएपनि कसैको नाम आएको, कोहीको नआउँदा समस्या देखिएको बताए ।

अनुदान पाउने सूचीमा नाम छुटेमा गुनासो गर्न फाराम भर्ने नियम भएपनि सो नियम नबुझेर गाउँ–गाउँका मानिसहरु नाम छुटेको गुनासो गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा दिनहुँजसो आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment