Comments Add Comment

नेता सहरमा, द्वन्द्वपीडित अस्पतालमा

Nanda Kisor Pun Pasang At Mao War (6)
फाइल फोटो

५ असार, काठमाडौं । सशस्त्र द्वन्द्व सकिएको १० वर्ष बितेको छ । तर पीडितका पीडा अझै ताजै छन् ।

सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता ठूलो पद लिएर सहरतिर लागे भने द्वन्द्वका क्रममा गम्भीर घाइते भएका अहिले पनि पुरानो घाएको पीडा कम गर्न नजिकको असपताल धाइरहेका छन् ।

बाँके जिल्लाको कोहलपुरस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा द्वन्द्वमा गम्भीर घाइते भएका सरजन बिक आफ्नी श्रीमती माया विकको सहयोगमा हृविर चेयरमा गुड्दै गरेको पाइएको अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ ।

तत्कालीन विद्रोही माओवादीका लडाकु विक २०६२ सालको अन्तिमतिर बुटबलको फूलबारी व्यारेक आक्रमणका क्रममा गम्भीर घाइते भएका थिए । विकको कम्मरभन्दा तलको शरीरमा चेतना छैन ।

दिसापिसाब पनि अनियन्त्रित हुन्छ । विक जस्ता द्वन्द्वका समयमा गम्भीर घाइते भएका धेरै अहिले पनि उपचारको क्रममा छन् ।

द्वन्द्वमा गम्भीर घाइते भएकालाई राज्यले क वर्गमा परेकालाई १२ हजार चार सय र ख बर्गमा परेकालाई मासिक ६ हजार चार सय दिँदै आएको छ । पीडितले र्कचारी र वृद्धवृद्धाको तलब भत्ता बढेको तर आफूहरुको नवढेकामा दुख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment