Comments Add Comment

यस्तो छ शिवाय र मोहेन्जे दारोको पोस्टर

aaaa

अभिनेता अजय देवगणको शिवाय र ऋतिक रोशन अभिनित ‘मोहेन्जे दारो’को पोस्टर सार्वजनिक भएको छ ।

दुवै फिल्मको पोष्टर यसअघि पनि रिलिज भएको थियो । तर, पोस्टरमा अभिनेताको तस्विर थियो । यसपाली दुबै फिल्ममा अभिनेत्रीको तस्विर राखिएको छ । दुबैमा डेब्यु नायिकाले अभिनय गरेका छन् ।

निर्देशकले पालैपालो कलाकार परिचय गराउनका लागि पनि पोस्टर सार्वजनिक गरेको अनुमान गरिएको छ ।

आशुतोष गोवारिकरको निर्देशनमा बनेको ‘मोहेन्जे दारो’मा पूजा हेगडेले अभिनय गरेकी छिन् । यो उनको पहिलो फिल्म हो । यसअघि उनले केहि तमिल र तेलुगु फिल्ममा अभिनय गरेकी छिन् ।

पूजालाई आशुतोषकी श्रीमतिले विज्ञापनमा देखेपछि अडिसनका लागि बोलाएकी थिईन् । ‘मोहेन्जे दारो’मा छनौट भएपनि उनले मणिरत्नमको फिल्ममा समेत काम गरिनन् ।

अजय देवगणको प्रतिक्षित फिल्म ‘शिवाय’को नायिकाको पनि फष्टलुक सार्वजनिक भएको छ । यस फिल्ममा अजयको अपोजिट सायेशा सहगल रहेकी छिन् । यसअघि अजयले फिल्मको केहि पोष्टर सार्वजनिक गरेपनि सायेशाको अनुहार सार्वजनिक गरेका थिएनन् । सायेशाले इस्टग्राममा लेखेकी छिन् ‘यो हो शिवायमा मेरो फष्ट लुक’ ।

सोही फिल्मवाट करिअर सुरु गरेकी सायेशा आफैंमा राम्रो नृत्यङ्गना पनि हुन् । उनी अभिनेत्री सायरा बानोकी नातिनी हुन् । आउँदो दिवालीमा रिलिज हुने यस फिल्मको अजय अभिनेता मात्रै नभएर निर्माता पनि हुन् ।

यी दुई फिल्मको अतिरिक्त निर्देशक इन्द्र कुमारको ‘ग्रेट ग्रान्ड मस्ती’ को पनि पोस्टर सार्वजनिक भएको छ । एडल्ट कमेडी जेनरको फिल्मको पोस्टर बालाजी मोसन पिक्चर्सले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment