नायक कर्मा अब गायक पनि भएका छन् । उनले चलचित्र ‘लुकामारी’मा समावेश ‘घिन्ताङ घिसी ट्वाँक’मा आवाज दिएका छन् ।
यो गीतलाई चलचित्रको ‘थीम सङ’ भनिएको छ । गीतमा विकास सिलवाल र धमेन्द्र सेवानको पनि आवाज छ ।
कमेडी जनराको चलचित्र भएकाले पनि यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । यो गीतमा विकास सिलवालकै शब्द तथा संगीत छ ।
असार १० गतेबाट प्रदर्शनमा आउने चलचित्र अहिले सर्वाधिक चर्चामा छ । सौगात मल्ल, कर्मा, सुरविना कार्की, रीस्ता बस्नेत, विक्रम सिंह चलचित्रका मुख्य कलाकार हुन् ।
सौगात मल्लको ‘चौधरी अवतार’ले पनि यो चलचित्रलाई फरक देखाएको छ । श्रीराम दाहालले निर्देशन गरेको चलचित्रलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4