Comments Add Comment

आइओएस भर्सनमा पनि आयो एनआइबिएल क्यापिटलको मोबाइल एप

५ असार, काठमाडौं । एनआइबिएल क्यापिटल मार्केटसले ग्राहक वर्गलाई लक्षित गरेर ‘एनआइबिएल क्यापिटल मोबाइल एप’ आइओएस भर्सनमा पनि ल्याएको छ ।

यो एपबाट एनआइबिएल क्यापिटलमा भएको डिम्याट खाता लगायत अन्य सेवाहरुको बारेमा जानकारी लिन सकिन्छ । साथै, एनआइबिएल क्यापिटल मार्केटससम्बन्धि ताजा खबर तथा एनआइबिएल समृद्धि फण्ड-१ को बारे पनि जानकारी लिन सकिन्छ ।

एनआइबिएल क्यापिटलले सर्वप्रथम एन्ड्रोइड भर्सनका लागि एप सञ्चालनमा ल्याएको थियो । ग्राहकको मागअनुरुप आइओएस भर्सनमा पनि एपलाई विकासित गरेको कम्पनीले जनाएको छ ।

ग्राहकले एप स्टोरबाट एप डाउनलोड गरि त्यसमा आफ्नो डिम्याट खाताको पासवर्ड हाली लगइन गरेपछि आफ्नो चाहाना अनुरुप एपमा रहेको बिशेषताहरु हेर्न सकिन्छ । साथै, एनआइबिएल समृद्धि फण्ड-१ को साप्ताहिक, मासिक एनएभी पनि हेर्न सकिन्छ ।

यस एपबाट आइपिओको निष्काशन, हालसालै गरेको बोनस, क्यास लाभांस, हकप्रद शेयरको बारे पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

एनआइबिएल क्यापिटलले जनमानसमा आफ्नो सुविधा विस्तार गर्नका निम्ति ल्याएको यो एपमा चाँडै नै लगानी व्यवस्थापनसम्बन्धी विवरणहरु समेत हेर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment